काठमाण्डौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले डेढ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो विकास बैंकले हकप्रद निस्कान गर्ने भएको हो ।
मकालुले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । माउण्ट मकालुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।
११ साउन २०७३, ९.००
वि.सं.२०७३ साउन ११ मंगलवार ११:२२ मा प्रकाशित