back
NMB ad

१० अर्बको रिभर्स रिपोमा साँढे २८ अर्ब रुपैयाँको आबेदन !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार २० वटा संथाले १ सय २६ वटा बोलकबोल गर्दै २८ अर्ब ६३ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका हुन् ।

विभागका अनुसार बोलकबोलमा परेको बोलबाट भारित औषतमा ०.५२ प्रतिशत व्याजदर निर्धाण भएको छ । बोलकबोलमा न्यूनतम् ०.१० प्रतिशत देखि अधिकतम् ०.६८ प्रतिशतसम्म व्याजदर बोलकबोल भएको छ ।

बैंक, विकास बैंक र वित्त कम्पनीहरुले मात्रै लगानी गर्न पाउने रिपो सात दिनको अवधि अर्थात यही साउन १९ गते म्याचुअड हुनेछ ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्ता (अधिक तरलता) व्यवस्थापन गर्ने उद्देश्यले रिपो जारी गर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ३५ अर्ब ८८ करोड रुपैयाँ अधिक तरलता छ ।
प्रकाशितः २०७३ साउन १३

वि.सं.२०७३ साउन १३ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...