उत्पादन घटेपछि पार्ले जी बिस्कुटको ९० वर्ष पुरानो कम्पनी बन्द !

मुम्बई । विश्व प्रसिद्ध बिस्कुट पार्ले जीको ९० वर्ष पुरानो कम्पनी बन्द हुने भएकोछ । कम्पनीको मुम्बई स्थित भिले पार्लेस्थित ९० वर्ष पुरानो कारखाना बन्द हुने भएको हो ।

पार्ले प्रोडक्ट्सका प्रमुख विजय चौहानले बिस्कुटको उत्पादक्व घटेका कारण यो कारखाना बन्द गर्न लागेको जानकारी दिएका छन् । यो कारखानामा ३०० कर्मचारीले काम गर्थे भने यसको कारोबार १० हजार करोड रुपैयाँको भएको बताइएको छ। यहाँबाट पार्ले जी बिस्कुट, अन्य बिस्कुटहरु मोनाको, हाइड एण्ड सिक आदि र मेलोडी लगायतका विभिन्न क्यान्डीहरु उत्पादन हुन्थ्यो।

प्रकाशितः २०७३ साउन १४

२०७३ साउन १४ गते १०:२७ मा प्रकाशित

You can share this post!

अब विद्युतीय भुक्तानी कारोबार गर्नेले केन्द्रिय बैंकसँग अनुमति लिनुपर्ने

एनसेलद्वारा टिचिङ अस्पताललाई डेढ करोड सहयोगमा डे केयर डायलाईसिस !

Related posts