भारत । उत्तर प्रदेशको मैनपुरीमा एक पसलेले १५ रुपैयाँका लागि एक दलित दम्पतीको हत्या गरेका छन्। दलित दम्पतीको हत्या गर्ने पसले भने उच्च जातको भएको र उसलाई प्रहरीले पक्राउ गरेको बताइएकोछ ।
इन्डियन एक्सप्रेसका अनुसार दलित दम्पतीले केही दिन अघि उक्त पसलबाट एक प्याकेट विस्कुट उधारो किनेकी थिइन्। उनले उधारो लिएको विस्कुटको मूल्य १५ रुपैयाँ मात्रै हो।
घटना भएको ठाउँ मैनपुरीको लखिमपुर गाउँ उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवको गाउँभन्दा चार किलोमिटर मात्रै टाढा रहेको बताइएको छ। प्रहरीले दम्पतीको हत्या गर्ने पसलेलाई पक्राउ गरी मुद्धा दायर गरेको छ।
१४ साउन २०७३, ९।००
वि.सं.२०७३ साउन १४ शुक्रवार ११:३७ मा प्रकाशित