back
NMB ad

पर्यटन अभियानहरु हाता लाग्यो शुन्य किन ? : थापा

Kumari bank ad

काठमाडौ । नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटनका विभिन्न अभियान वर्षहरुले घोषणा गरेअनुरुप उपलब्धी हासिल गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । पर्यटन वर्ष र विभिन्न अभियानहरु समय–समयमा घोषणा भइरहेपनि त्यसको उपलब्धी हाता लाग्यो शुन्य हुनु दुखद भएको र यसको कारण खोतल्नुपर्ने बेला आएको बताएका छन् । नेकपा एमाले पर्यटन इलाका कमिटी उद्योग व्यवसायी शाखाद्धारा ठमेलमा आयोजित पर्यटन विकासमा चाडपर्व तथा संस्कृतिको महत्व एवं श्रावण १५ विशेष कार्यक्रममा उनले पर्यटन अभियानलाई सफल पार्न नदिने माफियाहरुको खोजी हुनुपर्ने बेला भएकोतर्फ इंगित गरे ।

हवाई माफियाहरुले नेपालको पर्यटन क्षेत्रलाई तहसनहस पारेको आरोप लगाउँदै उनले पर्यटकलाई नेपाल आउन हवाई टिकट किन महंगो हुन्छ भनेर सरोकार निकाय प्रति प्रश्न गरेका छन् ।

नेपालका परम्परागत चाडबाडलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै थापाले पर्यटकलाई आकर्षित पार्ने प्याकेज तयार गरि नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । मोटर, खाना लगायत आफ्नै देशको खर्चमा नेपाल घुम्न चाहने पर्यटकलाई निरुत्साहित पार्दै खर्च गर्ने पर्यटक भित्र्याइनुपर्नेमा उनको जोड रहेको छ । त्यस्तै पर्यटकको बसाई लम्ब्याउन एक ठाउँमा आएका पर्यटकलाई अर्काे गन्तव्यसम्म पुर्याउने किसिमका कार्यक्रम अगाडि बढाउन व्यवसायीहरुलाई सुझाव दिए ।

कार्यक्रममा नेकपा एमाले पर्यटन इलाका कमिटी अध्यक्ष राजेन्द्र सापकोटाले पर्यटनका लागि पर्याप्त पूर्बाधार, गाउँ गाउँसम्म सर्वसुलभरुपमा आवतजावत र बसोबासको व्यवस्था, सस्तो हवाई सेवा लगायतका विषयमा ध्यान नदिने हो भने जस्तै कार्यक्रम ल्याईए पनि नेपालमा आठ/दश लाखभन्दा बढि पर्यटक भित्र्याउन असम्भव रहने ठोकुवा गरे । धेरै भन्दा धेरै पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य पुरा गर्न सोही किसिमको संरचना तयार हुनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा पर्यटन व्यवसायी केशव धिताललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १८:०९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...