back
NMB ad

हकप्रद सेयर भर्दैहुनुहुन्छ ? एकपटक यो पनि पढ्ने कि ?

Kumari bank ad

काठमाण्डौं । सम्बन्धित सबै लगानीकर्तामाझ हकप्रद सेयरको सूचना नपुग्ने, फारम भर्न पायक पर्ने स्थानमा केन्द्र नराखिने र सेयरधनीलाई दशमलवपछिको अंकमा भर्न नदिइने भएकाले हकप्रद सेयर नबिकेर बाँकी रहन्छन्। त्यही नबिकेका सेयर हकप्रद सेयर कम्पनीले अंकित मूल्य सयभन्दा बढी लिएर लिलामीमा बेच्दै आएका छन्।

एनआइसी एसिया बैंकले ४ लाख ३३ हजार ९ सय कित्ता साधारण सेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा नबिकेको सेयर बढाबढ मूल्यमा बेच्न राखेको हो ।

त्यसअघि प्रभु बैंकको संस्थापक र साधारण गरी जम्मा ३ लाख ४१ हजार ८ सय कित्ता हकप्रद सेयर पनि नबिकेर लिलामीमा बिक्री गरिएको थियो। यी केही पछिल्ला उदाहरण हुन्। यसअघि पनि विभिन्न समयमा कम्पनीहरूले बिक्री नभएका हकप्रद सेयर लिलामीमा बेच्दै आएका छन्।

सम्बन्धित सबै लगानीकर्तामाझ हकप्रद सेयरको सूचना नपुग्ने, फारम भर्न पायक पर्ने स्थानमा केन्द्र नराखिने र सेयरधनीलाई दशमलवपछिको अंकमा भर्न नदिइने भएकाले हकप्रद सेयर नबिकेर बाँकी रहन्छन्। ‘कम्पनीले जारी गरेको सूचनाअनुसार मैले ११.८ कित्ता हकप्रद भर्न पाउँथे,’ नयाँबानेश्वरकी जया शर्माले भनिन, ‘मैले १२ कित्ता भर्न दिनुस् भनेर अनुरोध गरेँ, उनीहरूले मानेनन्। पछि त्यही कम्पनीले बिक्री नभएको सेयर लिलामीमा राख्यो।’ आफूहरूजस्ता लगनीकर्तालाई हकप्रद सेयर बढाएर किन्न दिनुपर्ने उनले बताइन्।

बाँकी रहेको हकप्रद सेयर करिब बजार मूल्यकै हाराहारीमा लिलामीमा बिक्री हुने गर्छ। त्यसबाट कम्पनीको जगेडा कोषमा रकम त थपिन्छ, तर अंकित मूल्य एक सयमै खरिद गर्न पाउने हकबाट वञ्चित गराई अन्य जोकोहीसँग बढी मूल्य लिएर सेयर खरिद गर्दा वास्तविक लगानीकर्ता मारमा पर्ने गरेको सम्बद्ध अधिकारी बताउँछन्। कतिपय लगानीकर्ताले हकप्रदमा चासो नदिँदा पनि हकप्रद सेयर लिलामीमा जाने गरेको छ। आफैंलाई मर्का पर्ने हुँदाहुँदै आखिर किन सबै लगानीकर्ता हकप्रद सेयर खरिद गर्दैनन् ? नेपाल इन्भेस्टर फोरमका अध्यक्ष आत्मराम घिमिरे आफ्नो सम्पत्तिप्रति लगानीकर्ताको बेवास्ता र कम्पनीको सूचना प्रणाली कमजोर पारिनुलाई प्रमुख कारण ठान्छन्।

‘अहिले लगानीकर्ता सहरमा मात्रै छैनन्, गाउँमा पनि छन् तर ती भेगका सर्वसाधारणलाई कम्पनीले हकप्रदको सूचना पुर्याउनै सक्दैनन्,’ उनले सेतोपाटीसँग भने, ‘यसले उनीहरूको हकप्रदको लाभ अरूले लिइरहेका हुन्छन्।’ ग्रामीण क्षेत्रमा पनि सूचना पुर्याउने गरी नियामक निकायले कडाइ गर्नुपर्नेमा उनको जोड छ।

प्राथमिक सेयरका लागि उपत्यका बाहिरबाट पनि आवेदन संकलन गरेको रिडी हाइड्रोपावरले हकप्रद सेयर खरिदका लागि भने काठमाडौंमा मात्रै केन्द्र तोक्यो। यसले उपत्यका बाहिरका लगानीकर्तालाई हकप्रदबाट वञ्चित गराउन खोजेको प्रस्ट देखिन्छ। रिडीको ११ लाख ५५ हजार कित्ता हकप्रद निष्कासन गरिएकोमा फारम संकलन भइरहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

केही समयअघि मध्यपश्चिमको एक विकास बैंकले हकप्रद सेयर जारी गर्दा थोरै ठाउँमा बिक्री केन्द्र तोकेकाले थुप्रै लगानीकर्ताले भर्न नपाएको गुनासो गरेका थिए। ‘खासगरी क्षेत्रीय स्तरका विकास बैंक र लघुवित्त विकास बैंकका लगानीकर्ताहरूबाट हकप्रद भर्न नपाएको गुनासो आउने गरेको छ,’ स्टक एक्सचेन्जका एक अधिकृतले भने, ‘पूर्वाञ्चलका कम्पनीले हकप्रद खोले पश्चिमाञ्चलमा बिक्री केन्द्र राख्दैनन्। पश्चिममा खोले पूर्वमा राख्दैनन्।’ कम्पनीहरूले बढी मूल्यमा बेच्ने मनसाय राखेरै हकप्रदको सूचनामा कन्जुस्याइँ गर्ने गरेको बताउँछन् सेयर विश्लेषक रविन्द्र भट्टराई। ‘सेयर बेच्न सूचनालाई साँघुरो बनाउने, फारम भर्न काठमाडौंमै आउनुपर्ने, दशमलवपछि रहने अंकलाई भर्न नदिइने जस्ता प्रवृत्ति त्यसैका उदाहरण हुन्’ उनले भने।

कम्पनीको सूचना मात्र नभई आफ्नै बेवास्ताका कारण पनि सम्बन्धित लगानीकर्ता मारमा पर्ने गरेका छन्। ‘लगानी गरिसकेपछि आफ्नो सम्पत्ति के भइरहेको छ, कम्पनीको वित्तीय स्थिति कता गइरहेको छ, कहिले के कस्ता प्रतिफल पाइन्छ जस्ता मोटामोटी कुरामा त चासो राख्नैपर्छ’ इन्भेस्टर फोरमका अध्यक्ष घिमिरेले भने।

यता नियमन निकाय नेपाल धितोपत्र बोर्डले सम्पूर्ण कम्पनीलाई सूचना प्रभावकारी बनाउन निर्देशन दिइसकेको बताउँछ। लगानीकर्तालाई पनि आफ्नो सम्पत्तिमा चासो राख्न बोर्डले आग्रह गरेको छ। बोर्डका उपनिर्देशक अम्बिकाप्रसाद गिरीका अनुसार आर्थिक र राष्ट्रियस्तरका दैनिक पत्रिका, अनलाइन पत्रिका तथा एफएममा समेत कम्पनीलाई हकप्रद निष्कासनको जानकारी गराउन बोर्डले कम्पनीहरूलाई निर्देशन दिइसकेको छ।

यसअघि कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा मात्रै सूचना जारी गरे पुग्थ्यो। हकप्रद निष्कासन भएको पहिलो साता कम्तीमा दुईवटा राष्ट्रिय स्तरका दैनिक पत्रिका, दोस्रो साता एउटा आर्थिक दैनिक, तेस्रो साता दुईवटा अनलाइन पत्रिका र चौथो साता दुईवटा एफएममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरी कम्पनीहरूलाई निर्देशन दिइएको उनले बताए।

हकप्रद सेयर खरिद नगर्दा कसरी हुन्छ नोक्सानरु हकप्रद निष्कासनपछि कम्पनीको निष्कासित सेयर संख्या बढ्ने हुँदा समायोजनपछि बजार मूल्य मात्रै नभई कम्पनीको प्रतिसेयर आम्दानी पनि घट्न जान्छ। बुक क्लोज हुनुअघिको मूल्यलाई १ प्लस जारी भएको हकप्रद सेयर प्रतिशतले भाग गरेर मूल्य समायोजन गर्ने गरिन्छ।

कम्पनीको हकप्रदका लागि बुक क्लोज हुने दिन सेयर मूल्य १ हजार छ र उसले २५ प्रतिशत हकप्रद जारी गर्दैछ भने समायोजनपछि उक्त कम्पनीको बजार मूल्य ८ सय रुपैयाँ प्रति कित्तामा झर्छ। खुद नाफालाई कुल सेयर संख्याले भाग गरेर निकालिने प्रतिसेयर आम्दानीमा हकप्रद सेयरले स्वाभाविक रूपमा प्रभाव पार्दछ। हकप्रद लिने लगानीकर्तालाई त थपिएको सेयर संख्याका कारण नोक्सान पर्दैन, नलिनेलाई भने यसबाट नोक्सान पर्ने गर्दछ।

१६ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १६ आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...