back
NMB ad

प्रधानमन्त्रीमा एमालेले उम्मेदवारी दिन सक्ने

Kumari bank ad

काठमाण्डौं । प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्‍वारी दिने तयारी गरेको छ। यो बिषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि  उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन्।

‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’ एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘यसबारेमा पार्टीभित्र छलफलमा छौं।’ प्रधानमन्त्रीको चुनावमा एउटैमात्र उम्मेद्‍वारी भएपनि संसदभित्र मत विभाजनको प्रक्रिया मार्फत् नै मतदान गराउनुपर्छ। त्यस्तो मतदानमा सम्बन्धित उम्मेद्वारको विपक्षमा पनि मतदान गर्ने प्रावधान हुन्छ। यो प्रावधानका कारण आफ्नो उम्मेद्वार नउठाउदा पनि प्रतिपक्षमा बन्न सक्ने अवस्था हुन्छ।

तर पार्टीको इज्जतका लागि पनि हार्ने निश्चित हुँदा हुँदै पनि प्रधानमन्त्री चुनावमा दलहरुले उम्मेद्वारी दिने गरेका छन्। यसअघि केपी ओली प्रधानमन्त्री बन्दा काँग्रेसबाट तत्कालिन सभापति सुशील कोइरालाले उम्मेद्वारी दिएका थिए।

प्रधानमन्त्रकिो उम्मेद्‍वारी कसलाई बनाउने भन्ने एमाले टुंगो गरेको छैन । यद्यपी हालका प्रधानमन्त्री ओलीले चाही उम्मेदवारी नदिने सचिव ज्ञवालीले बताए। उम्मेद्वारी दिएको अवस्थामा अन्य नेताहरु नै उम्मेद्वार बन्ने संभावना छ। पूर्वप्रधानमन्त्री भइसकेका  बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पनि हार्ने चुनावमा उम्मेवार बन्न इच्छुक छैनन्। एमालेभित्र उपाध्यक्ष बामदेव गौतम र पूर्वसभामुख सुवास नेम्बाङलाई उम्मेवार बनाउने चर्चा चल्न थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...