आर्थिक वर्षको सुरुको ४ महिनामा कर तिर्नेलाई १० प्रतिशत छुट !

पाँचथर जिल्लास्थित फिदिम नगरपालिकाले आव २०७३र७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै उठाउँदै आएको थियो । अब सम्पूर्ण कर एउटै रसिदमार्फत वार्षिक रुपमा लिइने नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए ।

नगरपालिकाको सर्वदलीय राजनीतिक संयन्त्र बसेर निर्धारण गरेको न्यूनतम मापदण्डअनुसारको रकम कार्यालयमा गएर तिर्ने व्यवस्था गरिएको छ । कार्यालयले यस आवको सुरुको चार महिनामा कर तिर्ने ग्राहकलाई १० प्रतिशतले छुट दिने योजनासमेत ल्याएको छ ।

एकीकृत कर प्रणाली लागू गरेको सत्रौँ दिनसम्ममा नगरपालिकाले ३ लाख रुपैयाँ कर सङ्कलन गरिसकेको बताइएको छ ।

प्रकाशितः २०७३ साउन १८

२०७३ साउन १८ गते १५:३४ मा प्रकाशित

You can share this post!

यार्सा व्यापारीलाई स्कर्टिङमा चीन लगिने

किसानलाई अन्ठाउन्न लाख अनुदान वितरण

Related posts