back
NMB ad

बस भाडा घटाएको बिरोधमा बजार बन्द !

Kumari bank ad

जाजरकोट । नयाँ भाडादरको विपक्षमा रहेका यातायात व्यबसायीको यहाँ आज यातायात बन्द गरेका छन् । उक्त क्षेत्रमा भेरीगंगा यातायात, भेरीराप्ती यातायात , मध्यपश्चिम यातायात लगाएत नौ वटा व्यबसायी समितिका बसहरु सञ्चालनमा आइरहेका छन् ।

गत साउन ४ गते यातायात व्यवस्था बिभागले गरेको नयाँ भाडादरको बिषयलाई लिएर यातायात व्यबासायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नयाँ भाडदरले व्यवसायी मर्कामा परेको बताएका छन् ।

नयाँ भाडादर अनुसार प्रति किलोमीटर २।५० पैसा निर्धारण गरिएको छ । नयाँ भाडादर अनुसार जाजरकोट देखि सल्लिबजार ६२ किलोमिटर १८६ , जाजरकोट देखि नेपालगन्ज १८८ किलोमिटरमा ४६४ ,र जाजरकोट देखि काठमाडौं ६८५ किलोमिटरमा १३६६ रुपैयाँ कायम गरिएको छ । यसअघि व्यवसायीले जाजरकोट देखि नेपालगन्ज ९०० देखि १००० सम्म र जाजरकोट देखि काठमाडौं १८०० देखि २५०० सम्म भाडा लिने गरेका थिए ।

यातायात व्यबासायीको बन्दको कारण जाजरकोट देखि सल्यानको सल्ली, सुर्खेत, नेपालगन्ज, काठमाडौंसम्म आवतजावत गर्ने यात्रुहरु मारमा परेका छन् ।

१९ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १९ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...