back
NMB ad

ओलीले जाँदाजाँदै भने- ‘म सपनाको मलामी होइन’

Kumari bank ad

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मुर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन् । उनले भने, ‘म सपनाको मलामी होइन, मुर्छित सपनालाई बिउँझाउने मान्छे हुँ ।’

व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएलगत्तै बालकोटस्थित निवास पुगेका ओलीले भने, ‘वर्षौं वर्ष नेपालमा मुर्छित भएको सपना मैले बिउँझाएको हो । मैले बिउँझाएको यो सपना २५ वर्षसम्म नेपालीले सम्झिरहनेछन् ।’

उनले भने, ‘जुन दिन म प्रधानमन्त्रीको कुर्सीमा बसे त्यो दिन भारतीयसँग बोलचालसम्म बन्द थियो, अहिले कूटनीतिक प्रयासबाट सामान्य भएको छ ।’ भारतवेष्टितजस्तै रहेको नेपाललाई आफ्नो कार्यकालमा यो अवस्था अन्त्य गरी चीनसँगको सम्बन्धसमेत सुधार गर्न सफल रहेको दाबी ओलीले गरे ।

‘एउटा देशमा मात्र भर पर्ने प्रथाको अन्त्य गर्‍यौं, यसले एउटा देशसँगग आत्मनिर्भरता अन्त्य गरेको छ। यो ऐतिहासिक उपलब्धिलाई आउने सरकारले कायम राख्नुपर्छ,’ ओलीले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 प्रकाशितः २०७३ साउन २०

वि.सं.२०७३ साउन २० बिहीवार १०:२७ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...