स्ववियु निर्वाचन गर्नका लागि अखिल पाँचौंले त्रिविलाई दबाब दिने

भक्तपुर । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौं) ले त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते घोषणा गरेको मितिमा नै स्ववियु निर्वाचन गर्नका लागि त्रिभुवन विश्वविद्यालयलाई दबाब दिने भएको छ ।

बिहिवार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा युनियनले निर्धारित ८ वर्षदेखि हुन नसकेका स्ववियु निर्वाचन अब रोकिन नहुनेमा जोड दिएको हो ।

कार्यक्रममा अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्रले गत वैशाखमा सरकार र संयुक्त विद्यार्थी संगठनबीच भएको सहमति कार्यान्वन गर्न र संस्थागत विद्यालय निर्देशिका कार्यान्वयन गरी दश प्रतिशत छात्रबृत्ति नदिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए ।

पछिल्लो समयमा भएको भारतीय हस्तक्षेपको विरोध गर्दै संगठनले तीन महिने राष्ट्रिय स्वाधिनता अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । सो कार्यक्रमममा संगठन जिल्ला सम्मेलन आगामी मंसिर भित्र गर्ने गरी विभिन्न व्यक्तिलाई इन्चार्ज तोकिएको जनाइएको छ ।
२० साउन २०७३, ३।००

२०७३ साउन २० गते १५:१३ मा प्रकाशित

You can share this post!

लोक सेवाद्वारा शाखा अधिकृतको परीक्षाफल प्रकाशित, हेर्नुहोस् नतिजा !

सरकारको असहयोग पछि जनतामाझ महाबीर पुन !

Related posts