back
NMB ad

भारतीयलाई नेपालको एमआरपी !

Kumari bank ad

काठमाण्डौं । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन्। नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो।

नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो। उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन्। दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो।

उनको भिसा शंकास्पद भएको भन्दै फर्काइएको हो। कतारबाट फर्काइएकी उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। आफू भारतीय भएपछि कतार जान नेपाली पासपोर्ट लिएको उनले बताएकी छन्।

म्यानपावर सञ्चालकले नै पासपोर्ट बनाइदिए

वैदेशिक रोजगारमा पठाउने व्यक्तिले नै आफूलाई नेपाली पासपोर्ट बनाइदिएको उनले विभागमा दिएको बयानमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय झापाबाट मेसिन रिडएबल पासपोर्ट ९एमआरपी० लिएकी हुन्। एमआरपी सक्कली भएको र भारतीयले कसरी सजिलै नेपाली पासपोर्ट लिइन् भन्ने सन्दर्भमा छानबिन अघि बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए। विभागले जिल्ला प्रशासन कार्यालय झापासँग त्यससम्बन्धी विस्तृत विवरण माग गरेको छ।

अर्काको नामबाट पासपोर्ट लिई वैदेशिक रोजगारीमा

उनी मात्र होइन, अरू धेरै व्यक्तिहरू विभिन्न व्यक्तिको नामबाट पासपोर्ट लिई विदेश जाने गरेको अध्यागमन विभागको अनुसन्धानमा खुलेको छ। चितवन शिवनगरकी लक्ष्मी विश्वकर्मा पनि अरूकै एमआरपी लिएर कतार पुगेकी छिन्। पाल्पाकी सरिता नेपाली सार्कीको पासपोर्ट लिएर उनी कतार पुगेकी हुन्। उनी पनि श्रम स्वीकृति नलिई दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी थिइन्।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन २१

वि.सं.२०७३ साउन २१ शुक्रवार १०:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...