सडक दस्तुरले बढायो गाडीको मूल्य, एउटैमा १ लाखसम्म बढ्यो !

काठमाण्डौं । सरकारले यातायातका साधनहरुमा लाग्ने सडक मर्मत सम्भार दस्तुरमा बृद्धि गरेपछि गाडीको मूल्यमा ४० हजार देखि एक लाख रुपैयाँसम्मले बढेको छ ।

चालु आर्थिक वर्षमा सरकारले बजेट मार्फत सडक सम्भार तथा निर्माण पाँच प्रतिशत बाट बढाएर सात प्रतिशत बनाएको थियो। त्यस्तै वार्षिक कर पनि एक हजार देखि तीन हजार सम्म बढेको छ।

सवारी करमा भएको वृद्धिले सवारीसाधनको मुल्य दुई देखि साढे तीन प्रतिशत सम्मले बढ्न पुगेको हो । यसले गर्दा गाडीको मुल्य ४० हजार देखि एक लाख रुपैयाँसम्मले बढेको हो।

२१ साउन २०७३, ११।००

२०७३ साउन २१ गते ११:२३ मा प्रकाशित

You can share this post!

अबदेखि घरमै बसी बसी बैंकिङ सेवा !

सुन बढ्ने घट्ने क्रम जारी, आज बढ्यो !

Related posts