काठमाण्डौं । गएको पाँच दिनमा नेपाल स्टक एक्सचेन्जमा सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार, यो हप्ता १५२ कम्पनीहरुको ३६ हजार ३ सय ९० कारोबारबाट सात एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
यो कारोबार रकम गत साताको भन्दा १८।२८ प्रतिशत कम हो । गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४२ हजार ७ सय २० कारोबारबाट नौ अर्ब ५४ करोड ३९ लाख ३५ हजार रुपैयाँ बराबरका दुई करोड ५७ लाख छ हजार आठ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
२१ साउन २०७३, ३।३०
वि.सं.२०७३ साउन २१ शुक्रवार १५:३४ मा प्रकाशित