back
NMB ad

रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न

Kumari bank ad

काठमाडौं । रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न भएको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नक्सालस्थित नयाँ सोरुमबाट प्रारम्भ भएको उक्त हेरिटेज राइडले उपत्यकाका ३ वटा मूख्य सम्पदाहरुको परिक्रमा गरेको छ । रोयल इन्फिल्ड इन्डियाका असिष्टेन्ट सेल्स म्यानेजर अभिषेक शुक्ला र रोयल इन्फिल्ड नेपालका हेड अफ अपरेसन मेघराज पौडेलले हेरिटेज राइडको शुभारम्भ गरेका थिए ।

IMG_9198
हेरिटेज राइड दरबारमार्ग, न्युरोड, रत्नपार्क, त्रिपुरेश्वर, कुपन्डोल, जावलाखेल, पुल्चोक, मंगलबजार, ग्वार्को, रोयल इन्फिल्ड सोरुम बालकुमारी, कोटेश्वर, ठिमी, सल्लाघारी हुँदै भक्तपुर दरबार स्क्वायर पुगेर समापन भएको थियो ।

IMG_9565
नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिको आयोजनामा उक्त हेरिटेज राइड सम्पन्न भएको हो । हेरिटेज राइडमा ७५ जना रोयल इन्फिल्ड राइडर सहभागी थिए, जसमा महिला राइडरको समेत सहभागिता थियो ।

IMG_9421
भक्तपुर दरबार स्क्वायरमा पुगेर विविध गतिविधिका साथ हेरिटेज राइड समापन भएको थियो । टु ह्विल टुरिज्म तथा वल्र्ड हेरिटेज साइटको प्रवद्र्धन गरी नेपालमा पर्यटन व्यवसायलाई थप आकर्षक बनाउनु हेरिटेज राइडको मुख्य उद्देश्य रहेको थियो ।
रोयल इन्फिल्ड एउटा प्रतिष्ठित ‘आइकनिक ब्रान्ड’ मानिन्छ । नेपालमा यसका २१ वटा डिलर र ब्रान्च छन् । उपत्यकामा ७ वटा आधिकारिक सर्भिस सेन्टर र उपत्यका बाहिर ११ वटा थप डिलरको माग भएको छ । कम्पनीले यसै अनुसार आफ्नो डिलर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ ।
२२ साउन २०७३

वि.सं.२०७३ साउन २२ शनिवार १५:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...