माथिल्लो कर्णाली देशकै लगानीमा बन्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने !

चितवन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेस र माओवादी समीकरणमा बनेको नयाँ सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने दावी गरेका छन् । साथै, उनले अब पार्टीले माथिल्लो कर्णाली आयोजना र सुकुम्बासी समस्या समाधानका लागि छिट्टै राष्ट्रव्यापी आन्दोलन गर्ने बताएका छन् ।

माथिल्लो कर्णाली आयोजना देशकै लगानीमा बन्नुपर्ने भन्दै उनले भारतीय कम्पनीलाई जिम्मा दिएको बिरोधमा असोज २६ गते र सुकुम्बासी समस्या समाधानको माग गर्दै आउँदो भदौ १५ गते देशव्यापी आन्दोलन गर्ने वैद्यले जानकारी दिए ।

आज आइतबार बिहान चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाटमा वैद्यले भने, ‘प्रचण्ड नेतृत्वको सरकार कसरी बन्यो भन्ने कुरा सबैलाई थाहा छ । यो सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने ठोकुवा मेरो छ ।’ यद्यपी नयाँ सरकार भर्खरै बनेकाले यसको काम हेर्न बाँकी रहेको उनले बताए ।

२३ साउन २०७३, १।००

२०७३ साउन २३ गते १३:४४ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकले ल्याउँदैछ ४५ करोडको एफपीओ !

गहना बनाउनेलाई खुशीको खबर, सुनको मूल्यमा भारीे गिरावट !

Related posts