back
NMB ad

शिरीष गुरुङले रियो ओलम्किपमा राष्ट्रिय र्कीतिमान राखे !

Kumari bank ad

काठमाण्डौं । पौडी खेलाडी शिरीष गुरुङले रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। उनले सय मिटर फ्रिस्टाइलको हिट्समा ५७ दशमलव ७६ सेकेन्डको समय निकाले। जुन गत वर्ष रुसको कजानमा भएको १६ औं विश्व पौडी प्रतियोगितामा उनले यही स्पर्धामा बनाएको राष्ट्रिय कीर्तिमानभन्दा शून्य दशमलव ४६ सेकेन्डले सुधारिएको प्रदर्शन हो।

शिरिषले कजानमा ५८ दशमलव २२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। यही प्रदर्शनको आधारमा उनी रियो ओलम्पिकका लागि छनोट भएका थिए। मंगलबार राती ९ बजेर ५० मिनेटमा भएको खेलमा शिरिषले आफ्नै कीर्तिमानमा सुधार गरेका हुन्।

रियोका लागि नेपालबाट उड्नुअघि नै शिरिषले आफ्नो लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बताएका थिए। यद्यपि, उनले राष्ट्रिय कीर्तिमानमा सुधार गरे। तर, हिट्सभन्दा माथि उक्लिन सकेनन्। उनको समूहमा पौडिएका ८ खेलाडीमा उनी आठौं स्थानमा रहे।

२६ साउन २०७३, ८।००

वि.सं.२०७३ साउन २६ बुधवार ११:१५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...