काठमाण्डौं । हिजो मङ्गलबार प्रतितोला रु ५९ हजारमा किनबेच भएको सुन आज बुधबार पुनः बढ्न पुगेकोछ । आज बुधबार सुन प्रतितोला रू २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
बजारमा आज बुधबार छापावाल सुन प्रतितोला रू ५९ हजार २ सय र तेजावी सुन प्रतितोला रू ५८ हजार नौं सयमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि रू १० ले बढेको छ । मङ्गलबार प्रतितोला रू ८ सय ९० मा किनबेच भएको चाँदी बुधबार ९ सयमा किनबेच भइरहेको छ ।
२६ साउन २०७३, ११।००
वि.सं.२०७३ साउन २६ बुधवार १२:२० मा प्रकाशित