back
NMB ad

सेयर बजार : बढ्नु र घट्नु भनेको यसको सौन्दर्य हो, लगानी गर्नेले बुझ्नै पर्छ

Kumari bank ad

बजारको नियम भनेको घटबढ हुनु हो । कि बजार केही समय धेरै अंकले बढ्छ कि केही समयको लागि केही अंकले घट्छ । बढेको बजार करेक्सन हुनु बजारको वास्तविकता र नियमित प्रकृया नै हो । सेयर बजारको व्युटी र ब्लेसिंग पनि यहि नै हो ।

सेयर बजारमा अहिले भैरहेको विभिन्न नकरात्मक टिका टिप्पणी, भए नभएका कुराहरुको अनावश्यक प्रचारबाजी गर्ने, नचाहिने विषयलाई महत्व दिने, जोड घटाउ गर्ने हाम्रो बानी छ । यसले गर्दा हामी आफैंले आफैंलाई आतंकित अनि शसंकित बनाउँछौं र आफ्नो इच्छा शक्ति, दृढता अनि मनोवल पनि गिराउँछौं ।

यति मात्र नभई चिने जानेका साथीहरु जसले सेयरमा लगानी गरेका छन् उनीहरुसंग पनि यस्तै नकारात्मक कुराहरु आदान प्रदान गर्छौं, जसले आफ्नो जस्तै उसको पनि मनोबल गिर्छ ।

यसरी एक जनाबाट अर्को जना गर्दै यस्ता नकरात्मक कुरा बाहिर आए पछि नकारात्मकताले विशाल रुप लिन्छ जुन कुरा अहिले भैरहेको छ। हामी सेयरका लगानीकर्ताले नकरात्मक कुराहरुमा पनि सकरात्मक सोच राखेर विष्लेषण गर्ने हो भने त्यसबाट धेरै राम्रा कुराहरु निस्किन्छन् र त्यसको सकरात्मक असर सेयर बजारमा देखिन्छ । जसले लगानीकर्तालाई चिन्तित भएर बस्नु पर्ने अवस्थामा पुग्न पनि दिंदैन ।

यहाँ मैले अघिल्लो पटक नेप्से ११७५ अंकमा पुगेर २९२ अंकमा पुग्दाको सन्दर्भलाई जोड्न खाजेको छु, जसले लगानीकर्तालाई धैर्य हुन मद्धत पुर्याओस् । पहिले नेप्से ११७५ मा हुँदा बैंकिंग क्षेत्रको सुचक सबै भन्दा उच्चतम विन्दुमा थियो । अरु उपसमुहरुमा यसको प्रभाव र असर कम थियो ।

त्यो बेला स्टण्र्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयर ९ हजार रुपैंया भन्दा माथि, नबिलको ६ हजार भन्दा माथि, इन्भेष्टमेण्ट बैंकको ३ हजार ८ सयको हारहारीमा थियो । अहिले नेप्से सुचांक १६७५ मा आउँदा स्टाण्र्ड चार्टर्ड बैंकको प्रतिकित्ता शेयर मुल्य ३ हजार ३ सय, नबिलको २ हजार २ सय र इन्भेष्टमेण्ट बैंकको १ हजार रुपैंया मात्र छ । यसले के जनाउँछ भने अहिलेको बजारमा पनि बैंकहरुको शेयर मुल्य अण्डर भ्याल्लुड हो, जसले लगानी गर्न हिचकिचाउनु पर्ने अवस्था देखिंदैन । बजारमा अहिले देखिएको उतार चढावले पनि बैंकमा भएको लगानीलाई खासै असर नकरात्मक पार्दैन ।

बजार सुचांक बढ्नमा राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको ४ गुणा पूँजी वृद्धि गर्ने निर्णय गर्यो । जसले बजारलाई एउटा उचाईसम्म पुर्यायो । अनिवार्य डिम्याट सेयरको मात्र कारोबार हुने प्रणालीले राफसाफ प्रकृयामा सहजता आउँदा पनि बजारले उचाई लिन सहयोग पायो ।

कागजी सेयर प्रमाण पत्रको युगको झण्डै समाप्ती हुनुु, राफसाफ ३ दिनमा पुरा हुनु, मार्केट डेफ्थ बाट सेयर बेच्ने र किन्नेको प्रत्यक्ष भेट हुनु, ब्रोकर कमिशन दरमा ४० प्रतिशतले कटौती हुनु, बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी लगायत सुचिकृत कम्पनीहरुको राम्रो प्रगती भएको वित्तीय विबरण प्रकाशित हुनु, राम्रा कम्पनीमा हकप्रद भरेर भए पनि उच्च प्रतिफल लिन सक्नु, बोनस तथा नयाँ सेयर अर्थात एफपिओबाट पनि राम्रो प्रतिफल लिन सक्नु लगायत कारणले पनि बजारलाई गत साताको उचाईमा पुर्याउन टेवा पुर्याएको हो ।

साथै बजारमा अन्य सुधारका कामहरु निकट भविष्यमा नै हुँदैछन्, चाहे नागरिक लगानी कोषलाई मार्केट मेकरका रुपमा भित्र्याउने सन्दर्भ होस् वा पुर्ण स्वचालित कारोबार प्रणाली वा स्टक ब्रोकरलाई राजधानीबाट बाहिरसम्म डोर्याउने विषय होस् यसले पनि बजारलाई थप उत्साहित बनाउने आधार हुन ।

ब्रोकरहरुलाई मार्जिन ल्याण्डिंग, वाणिज्य बैंकलाई ब्रोकरको अनुमती दिने, नेप्सेमा नयाँ प्रणाली तथा पुर्वाधार बिस्तार गर्ने क्रममा अन्तर्राष्ट«ीय स्तरमा टेष्टेड प्रणाली भित्र्याउने, सिडिएससीको बलियो उपस्थितीसंगै देशव्यापी रुपमा सेयर कारोबार हुन सक्ने अवस्था छिट्टै श्रृजना हुने, गैर आवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने लगायतका कारणहरुले गर्दा सेयर बजारको भविष्य उज्वल भएको हुनाले लगानीकर्ता बजारतर्फ आकर्षित भएका हुन् ।

अहिले कोही पनि लगानीकर्ता सेयर बेचेर बाहिरिएका छैनन् । तर बजारमा चलेको निरर्थक हल्लाका कारण आत्तिएका भने पक्कै हुन् । बजारको नियमित प्रकृया अन्तरगत नै सेयर खरिद बिक्रि भैरहेको छ ।

१० लाख रुपैंया माथिको चेकको सन्दर्भमा सेयर बजारमा धेरै कम रकमको सेयर कारोबार हुँदाको कुरा हो, जुन बेलाको सेयरको भाउ थोरै थियो । १० लाख रुपैंयाको थ्रेसहोल्डलाई समयको माग अनुसार अहिलेको कारोबारको आकार अनुसार रुपान्तरित गर्नु जरुरी छ । केही समय अघि सम्म २० लाख रुपैंया माथिको व्यापारलाई अनिवार्य भ्याटको दायरामा ल्याउने व्यवस्थालाई पनि परिमार्जन गरेर भ्याटको दायरा ५० लाख रुपैंया पुर्याइनुले पनि यसलाई उजागर गर्छ ।

– छोटेलाल रौनियार, २९ साउन २०७३, १.००

वि.सं.२०७३ साउन २८ शुक्रवार १३:५५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...