देव विकास बैंकले दिने भयो ५० प्रतिशत हकप्रद !

काठमाडौं । देव विकास बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले लगानीकर्तालाई उक्त हकप्रद दिने निर्णय पारित गरेको हो ।

बैंक ९म्द्यद्यी० को हाल ८८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब ५० करोड र्पुयाउन निर्देशन दिएको छ । त्यही अनुसार बैंकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । सो अवधिमा बैंकले ७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरी ६ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशितः २०७३ साउन ३०

२०७३ साउन ३० गते ११:२७ मा प्रकाशित

You can share this post!

माउण्ट मकालुले ल्यायो ३ लाख ९० हजार कित्ता सेयर, तपाई पनि किन्ने होईन त ?

प्रहरी सहायक निरिक्षकमा साढे ५ सयका लागि जागिर खुल्यो ! हेर्नुहोस् विज्ञापन !  

Related posts