back
NMB ad

१९ लाख नेपालीसँग सवारी लाइसेन्स

Kumari bank ad

काठमाण्डौं । सवारीसाधनको संख्या तीव्र रुपमा वृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्यासमेत बढ्दै गएको छ।

हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन्। यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो। विगतमा लाइसेन्सको लगत प्रहरी कार्यालयले राख्ने हुँदा त्यो छुटेको हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ।

कार्यालयहरुले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा तथ्यांक पूर्ण भने हुन सकेको छैन।तर, विगत केही वर्षदेखि विभागले सबै अञ्चल कार्यालयहरुलार्इ वितरण गिरिएको लाइसेन्सको तथ्यांक कम्प्युटरमा राख्ने व्यवस्था गर्न भनेको थियो। त्यसपछि अञ्चल कार्यालयहरुले नयाँ तथा नवीकरढ गर्न आउने लाइसेन्सको तथ्यांक एकीकृत गर्न सुरु गरेका हुन्।

हाल एक पटक जारी भएको लाइसेन्सको अवधि ५ वर्ष हुने र उक्त लाइसेन्स अवधि सकिएको ५ वर्षसम्म नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था यातायात व्यावस्था ऐन २०४९ मा छ। विभागको तथ्यांक अनुसार सवैभन्दा धेरै लाइसेन्स बागमती अञ्चलबाट जारी भएको छ। बागमतीमा गत असारसम्ममा ७ लाख ७५ हजार ५७८ लाइसेन्स वितरण गरिएको छ। सवैभन्दा कम कर्णाली अञ्चलबाट ९८४ वटा लाइसेन्स जारी भएका छन्। कारोबार दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...