कैलाश विकास बैंकको सेयर छ ? आउँदैछ सवा ३ करोडको हकप्रद !

काठमाण्डौं । कैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् पाँच बराबर एक हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैंकको हालको चुक्ता पुँजी १ अर्ब ५८ करोड ३ लाख ३६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड १६ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । यो हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी १ अर्ब ८९ करोड ६४ लाख ३ हजार २ सय कायम हुनेछ ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेकोछ । सेयर निष्काशनका लागि ग्लोबल क्यापिटल र कैलाश विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैकका तर्फबाट कृष्णराज लामिछाने र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

३१ साउन २०७३, ११।००

२०७३ साउन ३१ गते ११:२२ मा प्रकाशित

You can share this post!

बजारमा आउने भए २ हजार ५ सय ५३ नयाँ गाडी, ट्राफिकको के होला हाल ?

के कारणले घट्यो कृषि विकास बैंक र राबा बैंकको नाफा ?

Related posts