back
NMB ad

के कारणले घट्यो कृषि विकास बैंक र राबा बैंकको नाफा ?

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ६४ करोडबाट घटेर दुई अर्ब ६४ करोडमा खुम्चिएको छ । कृषि विकास बैंकको पनि नाफा तीन अर्ब ६० करोडबाट घटेर दुई अर्ब ५७ करोडमा सीमित भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो बर्ष आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बेचेर नाफा साढे चार अर्ब नघाएको थियो । यसपाली भने उसले बैंकिङ कारोवारबाटै साढे दुई अर्ब माथि नाफा गरेको हो । यसपाली उसले ६० करोड रुपैयाँ अतिरिक्त कर्मचारी अवकास सुविधामा छुट्याएकाले खर्च वढेर पनि नाफामा असर देखिएको हो । बैंकले खुद ब्याज आम्दानी चार अर्ब ५९ करोडबाट बढाएर पाँच अर्ब ५४ करोड रुपैयाँ पुर्‍याएको छ । कर्जा लगानी ७५ अर्ब ८३ करोड रुपैयाँबाट बढाएर ८५ अर्ब ४७ करोड नघाएको छ । बैंकसँग सर्वसाधारणको एक खर्व ४६ अर्ब रुपैयाँ छ ।

कृषि विकास बैंकको नाफा डुबेको ऋण उठेका कारण अघिल्लो बर्ष निकै बढेको थियो । उसले अघिल्लो बर्ष तीन अर्ब ५१ करोड रुपैयाँ राइट ब्याक गरेको थियो । यसपाली ६२ करोड ३७ लाख रुपैयाँ राइट ब्याक गरेको छ । यद्यपी खुद ब्याज आम्दानी भने बैंकले बढाएको छ ।

बैंकले ७९ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकसँग सर्वसाधारणको ८७ अर्ब २६ करोड रुपैयाँ निक्षेप छ । बैंकको नाफा घटेका कारण प्रति सेयर आम्दानी ५६ रुपैयाँमा खुम्चिएको छ । बैंकले खराव कर्जा भने ५.३५ प्रतिशतबाट झारेर ३.८५ प्रतिशतमा ल्याएको छ ।

३१ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ३१ सोमवार ११:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...