back
NMB ad

काभ्रे बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो (अपडेट)

Kumari bank ad

काठमाडौ । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउराली तर्फ जाँदै गरेको बा २ ख १०६ नं को बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरे खोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटना स्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा अन्य ४३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाँटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली उद्धारमा खटिएको थियो।

 

kavre accident2

घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको अहिलेसम्म सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच दर्घटनामा परेकाहरुको छिटोभन्दा छिटो उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय र मातहतका निकायलाई निर्दशेन दिएका छन् ।

बैतडीमा अर्काे दुर्घटनामा पाँचको मृत्यु

आजै बैतडीमा भएको अर्काे बस दुर्घटनामा गर्भवती महिला सहित पाँच जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नं को बस दिउँसो ३ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावन नजिक दुर्घटनामा परेको हो । त्यहाँ पनि मृत्यु हनेको सनाखत हुन सकेको छैन ।
बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तस्वीरः किसन पन्थको फेसबुकबाट

प्रकाशित मिति :२०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १९:१४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...