इनभेष्टमेन्टले ल्यायो अफरै अफर, ४१ प्रतिशत लाभांश, २० प्रतिशत बोनस

काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले ४१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । बैंकको साउन ६ गते बसेको सञ्चालक समितिको बेठकले यस्तो प्रस्ताव गरेको हो ।

बैंकको गत आवको चौथो त्रैमाशिक वित्तीय विवरण अनुसार भएको नाफाअनुसार लाभांश क्षमता २८ प्रतिशत रहेको थियो । बैंकले सञ्चितीबाट पनि लाभांश दिएको देखिन्छ । अहिले बेंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बैंकको बोनस पछि ८ अर्ब ७० करोड पुग्ने छ ।

प्रकाशितः २०७३ भदौ ६

२०७३ भदौ ६ गते १२:०३ मा प्रकाशित

You can share this post!

क्रेटाको गाडी नेपालीमाझ लोकप्रिय, १ वर्षमा १३ सय बिक्री

तपाईको विद्युत महसुल बुझाउन बाँकी त छैन ? प्राधिकरणले काट्न थाल्यो लाईन !

Related posts