back
NMB ad

जाने हैन त शुक्लाफाँटा, आइपुग्यो टुर प्याकेज !

Kumari bank ad

कञ्चनपुर । विश्वकै दुर्लभ दुई हजार ३०० को झुण्डमा देख्न पाइने बाह्रसिङ्गा, नेपालको सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटरमा फैलिएको विशाल घाँसे मैदान । जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण गन्तव्यस्थल हो । तर यहाँ अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको स¬ङख््या भने निरासाकै स्थितिमा छ ।

सरकारी तवरबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयले त्यसको प्रचारप्रसार र पर्यटकको आगमनमा स्वागतका लागि आतुर रहे पनि यहाँको निजी क्षेत्रले भने पर्यटनको विकासमा संस्थागत रुपमा कुनै कदम चालेको देखिँदैन । पछिल्ला आधा दशकयता होटल व्यवसायबाट पर्यटन व्यवसायमा आएका भीमदत्तनगरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने एक्लो प्रयासमा यहाँका पर्यटकीय गन्तव्य चिनाउन ठुलो प्रयास जारी राखेका छन् । “शुक्लाफाँटाको प्रचारप्रसार नै भएन ।”

पर्यटन व्यवसायी भण्डारीले भने– “राज्यसँगै यहाँको निजीक्षेत्र पनि पर्यटनको विकासमा जाग्नु आवश्यक छ ।” यहाँका पर्यटकीय स्थल शुक्लाफाँटा, महाकाली नदीको झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटक भित्र्याउन सके सबै क्षेत्रलाई टेवा पुग्ने उनको बुझाइ छ । “पर्यटक आए भने यहाँको व्यापार व्यवसायमा पनि फाइदा पुग्छ ।” उनले भने – “सुदूरपश्चिमको पर्यटकीय सम्भावनालाई शब्दमा वर्णन गर्न कठिन छ ।” व्यवसायी भण्डारी शुक्लाफाँटालाई खप्तड, बडीमालिका, रारालगायतका अन्य पर्यटकीय रुपले चल्तीका स्थलसँग जोडिरहेका छन् ।“पर्यटकमाझ शुक्लाफाँटाको प्रचारप्रसारका लागि भन्दै विभिन्न टुर प्याकेज ल्याइरहेको छु ।” उनले भने –“यात्रा सञ्चालन गरेयता शुक्लाफाँटामा ५०० भन्दा बढी पर्यटक वृद्धि भए ।”

२०७२ साल फागुन ६ गतेदेखि शुक्लाफाँटा भ्रमण प्याकेज ल्याएका भण्डारीले हालै शुक्लाफाँटादेखि बाजुराको धार्मिक पर्यटनको गन्तव्य बडीमालिकासम्मको प्याकेज सुरु गरेका छन् । एक हप्ता लामो उक्त प्याकेजमा २२ जना आन्तरिक पर्यटक खप्तड भ्रमणमा निस्केकको उनले बताए । त्यसैगरी गत जेठ ३० देखि असार ४ गतेसम्म छ जना पर्यटकसँगै शुक्लाफाँटा–रारा भ्रमण गरेका भण्डारीले गत असार ३० गतेदेखि साउन ४ गतेसम्म ११ जनाको टिम लिएर बडीमालिकाको यात्रा सकेका छन् ।

“सबै पर्यटकीय स्थललाई शुक्लाफाँटा जोड्दै छु ।” भण्डारीले भने – “लगत्तै शुक्लाफाँटादेखि दार्चुलाको अपी हिमालसम्मको यात्रा तय गर्दैछु ।” “यस प्रकारका टुर प्याकेजले तराईदेखि हिमालसम्म घुम्न जाने पर्यटकलाई सुलभ हुन्छ ।” उनले भने–“सुदूरपश्चिमको पर्यटन विकासका लागि भारतीय पर्यटन व्यवसायीसँग पनि समन्वय गरिने छ ।” भारतको नैनीताल, देहरादुनलगायतका केही पर्यटकीय क्षेत्रका पर्यटन व्यवसायीसँग पनि पर्यटक दुवै क्षेत्रमा भ्रमण गराउने विषयमा पनि समन्वय भइरहेको उनको भनाइ छ ।

कञ्चनपुरमा भण्डारी एक्ला पर्यटन व्यवसायी पनि हुन । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले पर्यटन व्यवसायी भण्डारीको शुक्लाफाँटादेखि अन्य क्षेत्रको टुर प्याकेजले शुक्लाफाँटालाई सहयोग पुगेको बताए। त्यसका साथै शुक्लाफाँटा छेउमै गत वर्षदेखि सञ्चालनमा आएको राना थारु होमस्टेका कारण पनि शुक्लाफाँटामा पर्यटक आउने क्रम बढेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयले दिएको जानकारी अनुसार गत आवमा शुक्लाफाँटामा आन्तरिक र बाह्य गरी एक हजार ९०० पर्यटकले अवलोकन गरेका छन् । नेपाल–भारतको पश्चिम सीनाकामा सहज आवागमन र भीमदत्त नगरपालिकामा बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आउन सके पर्यटकीय दृष्टिकोणबाट पनि सुदूरपश्चिमलाई सहज हुने पर्यटन व्यवसायीको भनाइ छ ।

६ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ६ सोमवार १३:३१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...