back
NMB ad

कुहिएको मासु, किरा परेको खाद्य, म्याद सकिएको औषधी !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ ।
ट्रिनीटि कलेजमा ढुस्सी परेको र सडेगलेको खाद्य खुवाईन्छ । नाम चलेका भाटभटेनी, सिजी मार्ट, बिगमार्ट, के के मार्टको सामानमा के विश्वास ? कि बढि मूल्य कि त म्याद गुज्रेका सामान पाईन्छ । यता खुल्ला स्थानमा जारको पानी, यातायातमा बढि भाडा, बजारमा कुहिएका मासुको बिक्री, अनुमति नलिई औषधी पसल संचालनमा, मूल्यमा ठगिने त कुरै नगरौं । यो सब बजारी कि कालाबजारी ?

तपाई के किन्दा ठगिरहनुभएको छ ? अर्थात कुन सेवा लिईरहँदा के मा ठगिनुभयो ? काठमाडौको कुन ठाउँबाट ठगिनुभयो ? काठमाडौ, ललितपुर र भक्तपुरका व्यापारीले कसरी कहाँबाट ठगे ? तपाईलाई कस्ले ठगेछ, हुर्नुहोस् सम्पूर्ण विवरण :

सुपरमार्केट, मिठाई, माछा, मासु, किराना, फार्मेसी तथा पोलिक्लिनिक, पेट्रोलियम पदार्थ, दूध, डेरी, फलफूल, तरकारी, लज, रेष्टुरेण्ट तथा खाजा घर, यातायात र खानेपानी तपाई कहाँ ठगीनुभयो कहाँ ठगीनुभएन लिष्टतयार गर्नुस् त ! काठमाडौमा साउन ३१ यता ५ दिनमा गरिएका अनुगमन जसले यी सबै क्षेत्र अस्तव्यस्त रहेको र बजारमा मूल्यवृद्धि, कालाबजारी र म्याद नाघेका वस्तुहरु खुलेआम बिक्री भई आम उपभोक्ताहरु मारमा परेको तथ्य भेटियो । बजारमा बदमासी बढ्यो भनेर नेपाल सरकार आपूर्ति मन्त्रालयले ५ दिन गरेको काठमाडौ ललितपुर भक्तपुरको अनुगमनलाई हामीले जस्ताको त्यस्तै राखिदिएका छौं । तपाई आफु बस्ने क्षेत्र पत्ता लगाउनुहोस् । अनि आफु के कस्ता कुरामा ठगिईरहेको रहेछु भन्ने पत्ता लगाउनुहोस् ।

२०७३ साउन ३१ गते

भाटभटेनी सुपर मार्केट, गोदाम गैह्रीधारा :

कैफियत : चनाको दालमा अधिक मूल्य कायम गरेको, अधिकत्तम खुद्रा मूल्य लेख्नुपर्नेमा नलेखिएको र हातले बिजक जारी गरेको भेटियो ।
कारबाही : १५ विभिन्न वस्तुको नमूना संकलन गरेको छ । शंकाष्पद बिजकहरु र कागजात नियन्त्रणमा लिएको र सरकारी निकायमा उपस्थित हुन भनेर ७ दिने पत्र काट्यो ।

बिग मार्ट शान्तिनगर

कैफियत : म्याद नाघेको वस्तु बिक्री गर्दै आएको, र मूल्य वृद्धि गरेको हुन सक्ने बिजकहरु भेटियो ।
कारबाही : म्याद नाघेको वस्तु जफतका लागि विभागलाई पत्र लेख्नुका साथै बिजकहरु लिई विभागमा उपस्थित हुन अनुरोध गरियो ।

बिग मार्ट कालोपुलको गोदाम

कैफियत : थुप्रै कैफियत सहित म्याद नाघेको वस्तु भेटियो ।
कारबाही : म्याद नाघेको वस्तु जफतका लागि विभागलाई पठाउनुका साथै गोदाम शिलबन्दी भयो ।

के के मार्ट, नयाँ बानेश्वर, लगनखेल, मंगलबजार

कैफियत : म्याद नाघेको वस्तु भेटियो ।
कारबाही : म्याद नाघेको वस्तु जफत गरियो ।

२०७३ साउन ३२

 

बिग मार्ट, कालोपुल

कैफियत : अघिल्लो दिन लगाईएको शिल व्यवसायीले तोडेको भेटियो ।
कारबाही : मुचुल्का उठाई प्रहरीद्धारा व्यवसायीलाई नियन्त्रणमा लिनुका र विभागलाई कारबाहीका लागि शिफारिस गरियो ।

बिग मार्ट, लाजिम्पाट

कैफियत : म्याद नाघेका वस्तु भेटियो ।
कारबाही : म्याद नाघेका वस्तुहरु १२ कार्टुन सामान जफत गर्नुका साथै प्याकिङ गरिएका स्थानीय सामानमा लेबल राख्न निर्देशन ।

भाटभटेनी सुपरमार्केटको गोदाम, गैह्रीघारा

कैफियत: बीस प्रतिशत भन्दा बढि मूल्य कायम भएको आशंका ।
कारबाही : शंकाष्पद कागजात नियन्त्रणमा ।

भाटभटेनी फुड प्रोडक्ट्स प्रालि, बौद्ध

कैफियत : म्याद नाघेका वस्तुहरु भेटिएको ।
कारबाही : गोदामा शिल गरि शंकाष्पद कागजात नियन्त्रणमा लिईएको ।

सुपरमार्केट, मिठाई, माछा मासु किराना फार्मेसी तथा पोलिक्लिनिक, पेट्रोलियम पदार्थ, दूध डेरी फलफूल, तरकारी, लज, रेष्टुरेण्ट तथा खाजा घर, यातायात र खानेपानी लगायतमा ११ टोली परिचालन भइ एकैदिन ५५ अनुगमन भए । जसमा ७ वटा बन्द गरिए । औषधि तथा पोलिक्लिनिक ११ अनुगमन मध्ये ३ बन्द गरिए ।

ज्ञान गंगा फार्मेसी सिनामंगल : नविकरण नभएको,

एनभी पोलीक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर, सिनामंगल : २ वर्षभन्दा बढि नविकरण नभएको ,

सिनामंगल हेल्थकेयर एण्ड डाइग्नोसिस सेन्टर प्रा लि  : ८ महिनादेखि नविकरण नभएकोमा शिलबन्दी गरिएको हो ।
माछा मासुमा २ अनुगमन भए ।

चिकेन हाउस सोह्रखुट्टे

अत्याधिक फोहर फ्रिजमा १८३ केजी कुखुराको खान अयोग्य भएकाले नष्ट गरिनुका साथै सेतो प्लाष्टिकको मापदण्ड अनुसारको झोला मात्र प्रयोग गर्न, मिति सहितको मूल्य सूचि राख्न निर्देशन दिईयो ।

पेट्रोलियम पदार्थ ७ वटा अनुगमन भए ।

न्यू महेश्वरी फ्युल स्टेशन, चित्तपोल–१ भक्तपुर:

उक्त प्m्युल स्टेशनले एक थान डिजेल डिन्स्पेन्सर पम्प मर्मतको लागि शिल काटिएको कारण सो मर्मत नभएको कारण नोजलमा शिल लगाई बन्द गरियो ।
दूग्ध पदार्थ १ स्थानमा अनुगमन भयो ।

सिताराम गोकुल्स मिल्स किर्तिपुर :

विगतका आन्तरिक रिपोर्टहरुमा केही कोलीफर्म देखिएकोले कोलिफर्म रहित दूध मात्र बजारमा पठाउन निर्देशन र १ लि दूध नमूना संकलन गरियो ।
खाद्य किरानाहरुबाट १०३० केनी मिक्स दाल र ३७ प्याकेट(२९० ग्राम) पास्ता किरा लागेको खान नहुने अवस्था भएकोले जफत गरियो ।

रेष्टुरेण्ट, क्याण्टीन, खाजाघरमा ललितपुर क्षेत्रको सुमेरु अस्पताल, बि एण्ड बि, क्यान्सर अस्पतालमा अनुगमन भयो । मिठाईमा २ अनुगमन भए । शिवशंकर स्वीट्स, न्यूरोड मःम बनाउने ठाउँ फोहोर भएकोले बन्दका साथै किचन सफा गर्न निर्देशन भयो ।

यातायात

२१ वटा भाडाका सवारी चेक गर्दा १७ वटा सवारी साधनले यात्रुहरु सँग बढी भाडा लिएकोमा तत्कालै फिर्ता गर्न लगाईयो । ४ वटा बस तथा माइक्रो बसहरुलाई बढी भाडा लिए बापत यातायात विभाग र ट्राफिक प्रहरीको सहयोगमा रसिद काटी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र जिम्मा लगाई कारबाही भयो ।

स्टक तथा डिपार्टमेन्टल स्टोर

बिगमार्ट कालोपुलमा ३० गते लगाईएको शिल तोडिएकोले पुन शिलबन्दि भयो ।

मेघा मार्ट, लाजिम्पाट: ७६ हजार २ सय २१ रुपैंया बराबरको ७९९ प्याकेट म्याद नाघेको सामान जफत गरियो ।

पानी: बुढानिलकण्ठ क्षेत्र

ग्रीनवेरी मिनरल वाटर ईण्डष्ट्रिज : सामान्य मान्यताभन्दा विपरित बाहिर ल्याई पानी भरेको, अनुज्ञापत्र नलिएको कारण २ नमूना लिई उद्योग शिलबन्दी भयो ।
प्राची स्प्रीङग वाटर सोलुसन : नेकशिल नलगाईएको नमूना लिई उद्योग शिलबन्दी भयो ।
बुढानिलकण्ठ मिनरल वाटर ईण्डष्ट्रिज : बजारमा शिल नभएको जार भेटिएपछि नमूना लिई उद्योगमा शिलबन्दी भयो ।
धमला स्टोर : शिल नभएको ३७ जार पानी बिक्री वितरण नगर्न आदेश गर्नुका साथै २ जार नमूना लिइयो ।
समर्पित स्टोर : १७ जार शिल नभएको , नमूना लिई बिक्री वितरण नगर्न आदेश भयो ।

फलफूल बिजन ७ अनुगमन भए । नापतौल प्रमाणित नभएको, विषादीको लेबल नभएको, आयातीत सामानमा एमआरपी नभएको पाईनुका साथै म्याद नाघेका बिगाना १४ प्याकेट, भिटामिन ५ बोतल, र मिक्सींग ९ पाकेट नष्ट गरियो ।
२०७३ भदौ ५

सुलभ सुपरस्टोर प्रालि नयाँ बजार

कैफियत : लेबल नभएका म्याद गुज्रिएका र उपभोक्ता मिति नखुलेका मैदा, दही र जंक फुडहरु जस्ता सामाग्री भेटिएको ।

कारबाहीः नेबल नभएका म्याद गुज्रिएका र उपभोक्ता मिति नखुलेका सामग्रीहरु जफत गरिनुका साथै थप कारबाहीका लागि विभागमा उपस्थितिका लागि बोलाईएको ।

नन स्टप ३६५ बालाजु, काठमाडौ

कैफियत : ६० प्रतिशत भन्दा बढि मूल्य लिई बेबी मिल्क आईटम बिक्री वितरण गरेको र म्याद नाघेका सडेगलेका, उपभोक्ता मिति नखुलेका धेरै सामाग्रीहरु भेटियो ।
कारबाही : शिलबन्दी गरि थप कारबाहीको लागि विभागमा उपस्थित हुन लेखिएको ।

अर्गानिक किचन मार्ट प्रालि, बालाजु

कैफियत: उत्पादन मिति नखुलेका बेकरी आईटम, म्याद नाघेका भुजिया र डबल स्टिकर लागेका सामाग्री पाईएको, बिना इजाजत औषधीजन्य सामानहरु बिक्री वितरण गरेको पाईएको ।
कारबाही : कैफियतमा उल्लेखित सामाग्रीहरु बिक्रीवितरण नगर्न कागज ÷ प्रतिबद्धता गराईएको, ४५ हजार ८ सय ७६ रुपैंया बराबरको औषधीजन्य सामाग्री तथा खाद्य सामाग्री बरामद गरिएको र औषधीजन्य पदार्थ नबेच्न निर्देशन दिईएको , आवश्यक कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन लेखिएको ।

सिजी मार्ट,कलंकी

कैफियत: म्याद समाप्त भएका उत्पादन मिति नखुलेका सामाग्री पाईएको, आवश्यक कागजातहरु पेश नभएको ।
कारबाहीः कैफियत देखिएका सामाग्रीहरु बरामद गरी अब उप्रान्त त्यस्ता सामाग्रीहरु नबेच्न निर्देशन दिई आवश्यक कागजात सहित ७ दिनभित्र विभागमा उपस्थितिका लागि बोलाईएको ।

ट्रिनिटी कलेज, डिल्लीबजार

कैफियत : यूनिट १ को क्यान्टिनको फ्रिज खुल्ला अवस्थामा रही खाद्य पदार्थ कुहिएको सडेगलेको ढुस्सी लागेको अवस्थामा रहेको र क्यान्टिन धेरै फोहोर रहेको पाईयो ।
कारबाही : शिलबन्दी गरी थप कारबाहीको प्रक्रिया अघि बढाईएको ।

ललितपुर जनरल प्राक्टिस क्लिनिक

कैफियत: २०७१ साउन देखि सञ्चालन अबधि समाप्त भएको ।
कारबाही : शिलबन्दी गरि थप कारबाहीको प्रक्रिया अघि बढाइएको ।

लगनखेल पोलिक्लिनिक

कैफियत : २०७१ पुस महिनादेखि सञ्चालन अबधि समाप्त भएको
कारबाही : शिलबन्दी गरि थप कारबाहीको प्रक्रिया अघि बढाइएको ।

आयुष फार्मेसी, लगनखेल

कैफियत : मदोदिपक औषधीहरु डाक्टरको सिफरिश बेगर रेकर्ड नराखी बिक्री वितरण गरेको ।
कारबाही : शिलबन्दी गरि थप कारबाहीको प्रक्रिया अघि बढाइनुका साथै नगद पुस्तिका जफत गरिएको ।

हेल्थ लिङक रिलायबल ल्याब तथा क्लिनिक

कैफियत : २०७० चैत महिनादेखि सञ्चालन अबधि समाप्त भएको ।
कारबाही :शिलबन्दी गरि थप कारबाहीको प्रक्रिया अघि बढाइएको ।

बागमती स्विट्स, त्रिपुरेश्वर

कैफियत :धेरै फोहोर भई उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको ।
कारबाही : शिलबन्दी गरि थप कारबाहीको प्रक्रिया अघि बढाईएको ।

कालिका डेरी भक्तपुर बागेश्वरी

कैफियत: आईसक्रिम लगायतका सामाग्री बनाउन प्रयोग हुने केमिकल म्याद समाप्त भएको पाईएको ।
कारबाही : दुई बोरा केमिकल जपत गरिनुका साथै शिलबन्दी गरि थप कारबाहीको प्रक्रिया अघि बढाइएको ।

१२ वटा सार्वजनिक सवारी साधन

कैफियत : बढि भाडा लिनुका साथै भाडाको दररेट नटाँसेको ।
कारबाही : बढि लिएको भाडा तत्कालै यात्रुलाई फिर्ता गराईनुका साथै सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब ट्राफिकको जिम्मा लगाईएको ।

त्रिवेणी वेभरेज इण्डट्रिज, बालाजु

कैफियत : कुच्चिएका जार प्रयोगमा ल्याइनुका साथै नजिकै कवाडी सामानहरु राखिएको, व्यवस्थापन अत्यन्तै कमजोर रहेको,उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने देखिएको ।
कारबाही : व्यवस्थापकीय कमजोरी सुधार गर्ने प्रतिबद्धता गराईनुका साथै २० लिटरको जार उत्पादन र वितरण गर्न रोक लगाईएको, थप कारबाहीको प्रक्रिया अघि बढाइएको ।

२०७३ भदौ ७ गते

माँ भगवती मिट स्टोर, नयाँबजार

कैफियत : मूल्यसूचि नभएको, खान अयोग्य मासु फेला परेको, साईनबोर्ड नराखेको ।
कारबाही : ८३ केजी खान अयोग्य मासु नष्ट गरि कारबाही प्रक्रिया अगाडि बढाईएको ।

चिकेन हट मिट सप, नयाँबजार

कैफियत : प्यान नम्बर नभएको नक्कली बील प्रयोग गर्ने गरेको ।
कारबाही : १३ प्याड नक्कली बील जफत गरि कारबाही प्रक्रिया अघि बढाईएको ।

न्यू गोर्खाली फ्रेस हाउस, नयाँबजार

कैफियत : खान अयोग्य मासु फेला परेको, लेबल नभएको प्याकिङ मासु फेला परेको ।
कारबाही: १९ केजी प्याकिङ मासु नष्ट गरी कारबाही प्रक्रिया अघि बढाईएको ।

जिसम फार्मेसी, कोटेश्वर

कैफियत : आईपिएल १५ ट्याब्लेट, प्रिआउट किट २ पत्ता र भिगोरा २८ ट्याब्लेट (नार्काेटिक) फेला परेको ।
कारबाही : त्यस्ता औषधी जफत गरि कारबाही प्रक्रिया अघि बढाइएको ।

विरफार्मेसी, बि एण्ड बि ग्वार्काे

कैफियत : भ्याक्सिन राख्ने रेफ्रिजिरेटर घरायासी प्रयोजनमा प्रयोग भएको, सरकारले तोकेको ९६ प्रकारको औषधीको मूल्यसूचि नराखेको ।
कारबाही : मूल्यसूचि राख्न निर्देशन दिई थप कारबाही प्रक्रिया अघि बढाइएको ।

मखनटोल स्थित १२ वटा किराना पसलहरु

कैफियत : लेबल नभएका काजु, किसमिस, पेस्ता लगायतका सामाग्रीहरु पाईएको
कारबाही : लेबल नभएका खाद्य सामाग्रीहरु जफत गरि थप कारबाही प्रक्रिया अघि बढाइएको ।

त्रिवेणी ग्याँस कलेक्स सेन्टर कोटेश्वर

कैफियत : रित्तो सिलिण्डरको लागि तोकिएको तौलभन्दा बढि परिमाण तौल भएका ८ वटा रित्तो सिलिण्डर फेला परेको ।
कारबाही : सिलबन्दी गरि कारबाही प्रक्रिया अघि बढाइएको ।

इनर्जेटिक ट्रेडिङ हाउस, ललितपुर

कैफियत : रित्तो सिलिण्डरको लागि तोकिएको तौलभन्दा बढी परिमाण तौल भएका लुम्बिनी ग्याँसका ८ वटा रित्तो सिलिण्डर फेला परेको ।
कारबाही : सिलबन्दी गरि कारबाही प्रक्रिया अघि बढाइएको ।

सिद्धार्थ ग्याँस कलेक्सन सेन्टर, बालकुमारी

कैफियत : रित्तो सिलिण्डरको लागि तोकिएको तौलभन्दा बढी परिमाण तौल भएका ३ वटा रित्तो सिलिण्डर फेला परेको ।
कारबाही : सिलबन्दी गरि कारबाही प्रक्रिया अघि बढाइएको ।

सिद्धिविनायक खाद्य स्टोर, तिनथाना

कैफियत : म्याद समाप्त भएका, लेबल नभएका उत्पादन मिति र उपभोग मिति नखुलेका सामान भेटिएको ।
कारबाही : सिलबन्दी गरि कारबाही प्रक्रिया अघि बढाइएको ।

२०७३ भदौ ८ गते

मोर्डन इन्टिग्रेटेड पोर्क इन्डष्ट्रि प्रालि ताल्चिखेल ललितपुर

कैफियत : खान अयोग्य ससेज फेला परेको ।
कारबाही : साँढे ८ केजी ससेज नष्ट गरेको, थप कारबाही प्रक्रिया अघि बढाइएको ।

श्रीकृष्ण ग्याँस उद्योग प्रालि, कलंकी

कैफियत : कम तौल भएका ३ थान ग्याँस सिलिण्डर फेला परेको ।
कारबाही : कम तौल भएका ग्याँस सिलिण्डर शिल गरि थप कारबाही प्रक्रिया अघि बढाइएको ।

नारायणी ग्याँस उद्योग प्रालि, कलंकी

कैफियत : १ थान सिलिण्डर मापदण्ड भन्दा कम तौल र म्याद समाप्त भएको फेला परेको ।
कारबाही : सिलिण्डर शिल गरि नेपाल गुणस्तर तथा नापतौल विभागमा कारबाहीका लागि पठाइएको ।

जैसवाल जनरल स्टोर, कालीमाटी

कैफियत : २०७१ कार्तिक २७ र चैत १० मा विभागबाट भएको अनुगमनको क्रममा दिईएको निर्देशन पालना नभएको, २०६० सालबाट व्यवसाय नविकरण नगरेको ।
कारबाही : शिलबन्दी गरि थप कारबाही प्रक्रिया अघि बढाइएको ।

असन क्षेत्रका १५ वटा किराना पसलहरु

कैफियत : लेबल नभएका, म्याद समाप्त भएका, किरा लागेका खाद्य सामाग्री फेला परेको, मूल्यसूचि र साईनबोर्ड नराखेको ।
कारबाही : अखाद्य वस्तु जफत गरि अब उप्रान्त त्यस्ता खाद्य सामाग्री बिक्री वितरण नगर्न एवं मूल्यसूचि साईनबोर्ड राख्न निर्देशन दिईएको ।

एलिसा डेरी एण्ड स्विट्स प्रोडक्स, बनस्थली

कैफियत : खाद्य अनुज्ञापत्र नभएको,लेबल नभएको घ्यू बिक्री गरेको, सरसफाई नभएको ।
कारबाही :३ दिनभित्र आवशयक कागजात सहित खाद्य प्र्रबिधि तथा गुण नियन्त्रण विभागमा उपस्थित हुन निर्देशन दिईएको ।

सामुहिक कृषक डेरी(शुलभ दूध), बालाजु औधोगिक क्षेत्र

कैफियत : खाद्य अनुज्ञापत्र बिना दही बिक्री वितरण गरेको, सरसफाई नभएको ।
कारबाही: प्याकिङ सेक्सन लाई व्यवस्थीत पार्न निर्देशन दिएको, माइक्रो बायोलोजी टेष्टको फ्रिक्वेन्सी बढाउन निर्देशन दिएको, अनुज्ञापत्रमा दही बिक्री अनुमति थप गर्न निर्देशन दिएको ।

शिव मिष्ठान्न भण्डार, नयाँ बानेश्वर

कैफियत : म्याद नाघेका मिठाई फेला परेको,शौचालय र भान्सा नजिकै रहेको ।
कारबाही : म्याद नाघेका मिठाई जफत गरिएको, मिठाईमा प्रयोग हुने २ बोतल म्याद नाघेको फ्लेभर जफत गरिएको ।
सरसफाईमा ध्यान दिन निर्देशन दिईएको ।

एयरपोर्ट र पुल्चोक क्षेत्रका २७ सार्वजनिक सवारीसाधन

कैफियत : बढि भाडा लिएको, भाडाको दररेट नटाँसेको, ट्याक्सी मिटरमा जान नमानेको ।
कारबाही : १६ वटा सवारी साधनलाई कारबाही, बढि भाडा लिएको यात्रुलाई तत्काल फिर्ता, भाडाको दररेट टाँस गर्न निर्देशन गरिएको, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता किताब ट्राफिक प्रहरीको जिम्मा लगाईएको ।
मन्त्रालयले आक्रामक बजार अनुगमन रणनीति अन्तर्गत उपभोक्ताहरु मारमा नपरुन् भन्ने उदेश्यले गलत काम गर्ने सबै व्यापारीहरुलाई अनुगमनको दायराभित्र ल्याएर कडाभन्दा कडा कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १७:०७ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...