back
NMB ad

कृषि मन्त्रालयले दियो जानकारी यसपटक रासायनिक मलको अभाव नहुने !

Kumari bank ad
काठमाण्डौं । कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब तीन लाख मेट्रिक टन मल आयात गर्न परिपत्र गरिएको छ ।
संस्थान र कर्पोरेसनले सरकारी अनुदानमा मल ल्याउनेछन् । अनुदानमा आएको मलमा कृषकले समेत निश्चित रकम छुट प्राप्त गर्नेछन् । मुलुकमा करिब पाँच लाख मेट्रिक टन मलको माग हुने गरेकामा नपुग मल निजी क्षेत्रका कम्पनीले आयात गरी केही महङ्गो मूल्यमा बिक्री गर्ने गर्दछन् । नेपालमा करिब १४ लाख २५ हेक्टर जमिन धान खेतीका लागि योग्य मानिएको छ ।
धान खेतीको समयमा केही मलको अभाव देखिएकाले सीमा क्षेत्रका जनताले आवश्यक मल साइकलमा ओसारेर पनि रोपाइँ सम्पन्न गरेका थिए । मन्त्रालयका प्रवक्ता कार्कीले सरकारी अनुदान अन्तर्गत गत आवमा करिब पाँच अर्ब ५० करोडको मल आयात गरिएको जानकारी दिए ।
१० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ १० शुक्रवार ११:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...