back
NMB ad

कुखुरापालन सर्वेक्षण सुरु, ६४ जिल्लामा २१ हजार ९५६ व्यावसायिक फार्म !

Kumari bank ad

बनेपा । कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ । नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यावसायिक कुखुरापालन फार्म भएको समेत तथ्याङ्कमा देखिएको छ ।

व्यावसायिक कुखुरापालन सर्वेक्षणबाट जिल्लामा मात्रै आठ हजार ५५६ मेट्रिक टन मासु (जिउँदो कुखुराको तौल) उत्पादन भएको अनुमान गर्दै नेपालभरबाट एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले कुखुरापालन व्यवसायमा ठूलो लगानी भएकाले त्यसको तथ्याङ्क सार्वजनिक गर्न र अन्डा तथा मासुको उत्पादन पत्ता लगाउन पहिलो पटक व्यावसायिक कुखुरापालन सर्वेक्षण भएको बताउनुभयो ।

उहाँले व्यवसायीले कुखुरा घर निर्माण तथा दाना र चल्लाका लागि सरकारले अनुदान दिनुपर्ने, विदेशबाट गैरकानुनी रुपमा आयात हुने चल्ला खरिदलाई प्रतिबन्ध लगाउनुपर्नेलागयत १० बँुदे सुझाव दिएको जानकारी दिनुभयो ।

सो सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा मात्रै एक करोड ९६ लाख ७७ हजार गोटा अन्डा उत्पादन हुने गरेको र मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ६४ करोड ७८ लाख ८८ हजार, अन्डा बिक्रीबाट रु १५ करोड ५४ लाख ४२ हजार र चल्ला बिक्रीबाट रु आठ करोड ७७ लाख २४ हजार आम्दानी गरेको तथ्याङ्कमा जनाइएको छ ।

नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार इक्युवेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन भएकामा काभ्रेपलाञ्चोकमा करिब १६ लाख ६० हजार चल्ला उत्पादन भएको छ ।

जिल्ला तथ्याङ्क कार्यालय धुलिखेलका तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले कुखुरापालन व्यवसाय मुुलुकको प्रमुख आर्थिक स्रोत भएकाले त्यसले कुल ग्रार्हस्थ उत्पादनमा गरेको योगदान पत्ता लाग्नुका साथै त्यस व्यवसायमा कति जनशक्ति छ भन्ने विषयमा पनि अध्ययन गरिएको बताउनुभयो । जिल्लामाा २०३१ सालदेखि व्यावसायिक रुपमा कुखुरापालन भएको बताइएको छ ।

प्रकाशितः २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार १६:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...