back
NMB ad

माटोलाई भन्सार तिरेर भारतबाट आयात गर्ने यो कस्तो बिडम्बना ?

Kumari bank ad

काठमाडौ । नेपालमा माटोपनि भन्सार तिरेर भारतबाट आयात गर्नुपर्छ भन्दा नपत्याउन सकिन्छ । यति धेरै पहाड, समभर भूभाग जहाँ छामेनी ढुंगा र माटो , अरु केहि नभएपनि ढुंगा माटोको धनी हामीले किन भन्सार तिरेर माटो आयात गर्नु पर्ने भन्ने सबैलाई लाग्न सक्छ । तर त्यसो होईन । सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु हाम्रो बाध्यता छ । आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग गरिने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त माटो खरिद गर्दा व्यापारीले लगभग २४ प्रतिशत कर र भ्याट तिर्नुपर्छ ।

आधुनिक र अत्याधुनिक सेरामिक्स उद्योग यहाँ नगन्य मात्र रहेकाले यहाँ सालिन्दा माटोबाट तयारी समानको आयात बढेको छ । यसवर्ष चार अर्ब ३७ करोड २९ लाख ७५ हजारको विभिन्न प्रकृतिका माटोबाट निर्मित सामान भित्रिएको भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुङ्गानाले जानकारी दिएका छन् । नेपालले घरायसी रुपमा प्रयोग हुने उक्त सामान विश्वका २८ मुलुकबाट आयात गर्ने गरेको छ । भारत, चीन, जर्मनी, बेलायत, थाइल्याण्ड, मलेसिया, भियतनाम, दुबइ, स्पेन, इटाली, अर्जेन्टिना, स्वीडेन, श्रीलङ्का, स्वीजरल्यान्ड, अष्ट्रिया, बङ्गलादेश, टर्की, दक्षिण कोरिया, कतार र  जापानलगायत देशबाट उक्त सामान आयात गर्ने गरेका पाइएको छ ।

भान्छामा प्रयोग गरिने कप, तथा डिनर प्लेट, सजावटका सामग्री एवम् शौचालयमा प्रयोग गरिने टायल, प्यानलगायत सामान उक्त देशबाट आयात हुँदै आएका छन् । आयात प्रतिस्थापन गर्न सरकारले स्वदेशमा कच्चा पदार्थको उत्पादन तथा उत्खनन् गर्नुपर्ने हुन्छ ।
“नेपालमा सेरामिक्स उद्योग सञ्चालनमा आएको झन्डै तीस वर्ष पुगेको छ । तर, परम्पराभन्दा माथि उठ्न नसकेको उद्योगीहरुको गुनासो छ । विश्वमा सबैभन्दा धेरै सेरामिक्सका सामान प्रयोग गर्ने देश चीन हो ।

प्रकाशित मिति: २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार १७:३७ मा प्रकाशित

You can share this post!

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...