back
NMB ad

हेटौँडा– ढल्केबर प्रसारण लाइनबाट काठमाडौमा १२५ मेगावाट बिजुली

Kumari bank ad

काठमाडौ। सरकारले गत साउन ३२ गते वनक्षेत्र प्रयोगका लागि सहज रुपमा मार्ग प्रशस्त गरिदिएपछि लामो समयदेखि अगाडि बढ्न नसकेको ढल्केबर– इनरुवा र हेटौँडा– ढल्केबर प्रसारण लाइनको निर्माण प्रक्रियाले गति लिने भएको छ । कुल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्ने विषयमा विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्को यही साउन ३२ गतेको निर्णयले वन क्षेत्रको जग्गा प्रयोग एवम् रुख कटानीका लागि मार्ग प्रशस्त गरिदिएपछि आयोजनाले गति लिने भएको हो ।
पूर्व–पश्चिम प्रसारण लाइनको राजमार्गको रुपमा लिइएको उक्त परियोजना सम्पन्न भएको खण्डमा कुशाहा– कटैयाबाट नेपाल आउने १२५ मेगावाट विद्युत् सहज रुपमा राजधानीलगायत प्रमुख माग क्षेत्रमा सहजै पु¥याउन सकिननेछ भने विरगन्ज– परवानीपुर प्रसारण लाइनबाट आउने विद्युत्को वितरणमा समेत सहज हुने प्राधिकरणको भनाइ छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले खिम्ती– ढल्केबर २२० केभी, हेटौंडा–ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र ढल्केबर सव स्टेसन २२० केभीको काम आगामी मङ्सिर अन्तिम साताभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आगामी हिउँदमा भारतबाट बढी बिजुली किन्नुपर्ने हुँदा सबै काम सकेर तयारी अवस्थामा राख्न ऊर्जामन्त्री शर्माले निर्देशन दिंदै तोकिएको समयमा काम पूरा नभए सम्बन्धित अधिकारी कारबाहीको भागिदार हुने समेत चेतावनी दिएका छन् ।

कुल ७९२ वटा टावरमध्ये हालसम्म ४१५ वटा टावरको काम सम्पन्न भएको छ । ३१५ टावरको काम वन क्षेत्रको जग्गा प्रयोगमा समस्या भएका कारण अगाडि बढ्न सकेको थिएन ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत हेटौँडा– ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण गर्न बजेटको विनियोजन भएकाले आयोजना तोकिएकै समयमै पूरा हुने आधार तयार भएको छ ।

ढल्केबर– मुजरफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट हिउँदसम्म २३० मेगावाट बिजुली किन्ने प्राधिकरणको योजना छ । अहिले सो प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ ।  भारतबाट आयात हुने विद्युत् केन्द्रीय प्रणालीमा जोडेर वितरण गर्न सव स्टेसन र हेटौँंडा– ढल्केबर– इनरुवा ४०० केभी लाइन बन्नुपर्ने भन्दै चर्को आवाज उठ्दै आएको थियो ।

प्राधिकरणले चालु वर्षको हिउँदमा भारतबाट ६०० मेगावाटसम्म बिजुली किन्ने लक्ष्य राखेको छ । उक्त परिमाणको बिजुली आयात भएपछि ढल्केबर पूर्व र महेन्द्रनगर पश्चिम विद्युत्भार कटौती नगन्य हुने र मध्यक्षेत्रमा दैनिक सात घन्टाभन्दा बढी विद्युत कटौती नहुने प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले बताएका छन् ।

प्रकाशित मिति : २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार २०:३५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...