back
NMB ad

धादिङका एमाले नेताहरुले पोखरामा भने–‘एमाले देशको पहिलो शक्ति बन्नेछ’

Kumari bank ad

पोखरा, ११ भदौ | नेकपा एमाले धादिङका नेताहरुले पोखरामा आएर आफ्नो पार्टी अबको निर्वाचनमा पहिलो पार्टी बन्ने समजिकिर गरेका छन् । एमाले नेतृत्वको सरकारले जनताको मन जितिसकेकाले अब एमाले मुलुकको एक नम्बरको शक्ति बन्ने उनीहरुको ठम्याई छ ।

एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको १५ औं साधारणसभामा सहभागी भएका उनीहरुले भुकम्प र नाकाबन्दीको असजिलो समयमा देशी विदेशी षड्यन्त्रबीच केपी ओली नेतृत्वमा सरकार बनेको र छोटो समयमा पनि स्वाभिमानपूर्वक काम गरेकोले जनपक्षीय बजेट ल्याउने एमालेलाई जनताले चिनिसकेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आमन्त्रित स्थायी समिति सदस्य डा. पुष्पराज कंडेलले मुलुकको विकास र संवृद्धि समेत एमाले बाहेक अन्य कुनै पनि पार्टीले गर्न नसक्ने बताए । ‘हामीलाई समस्या अब केहि छैन मात्र आफैमा केहि समस्या देखिएकै हो । अब एकजुट भएर अघि बढ्छ ।’ उनले भने– ‘अब पार्टीमा गुटबन्दीलाइ प्रश्रय दिनु हुँदैन । यसो भयो भने एमाले कहिल्यै दोस्रो हुनुपर्दैन ।’ उनले धादिङेहरुको एकता देखेर आफू अत्यन्त हर्षित भएको सुनाए ।

सांसद एवं पूर्व मन्त्री गंगालाल तुलाधरले मुलुकको परिस्थिति एमालेले सोचेजस्तो नभएको बताए । उनले एमालेले माओवादीलाई बाँदरको घोडा बनाएर हिंड्दा अहिले यो हविगत भएको भन्दै प्रचण्डको गलत रवैयाका कारण नेपालको राजनीति सधैं अस्थिरतामा चल्ने गरेको बताए । ‘अब माओवादी र काँग्रेसले देशलाई निकास दिन सक्दैन । पदीय भागवण्डामै रुमलिन्छ ।’ उनले भने– ‘म्यादी सरकारले केहि गर्न सक्दैन । चुनाव गर्ने समयमा सरकार फेर्ने सहमति गरेर चुनाव हुन नदिने षड्यन्त्र हो ।’ उनले एमाले मुलुकको जिम्मेवार र शक्तिशाली पार्टी भएको ठोकुवा गरे ।

सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङको विकास निर्माणका काममा आफूले ध्यान दिएको बताउँदै गाउँका बाटोहरुमा कालोपत्रे गर्ने योजना अघि सारेको जनाए । त्रिशुलीमा आधा दर्जन पुल निर्माणका क्रममा रहेको उनले सुनाए । बुर्लाकोटीले तीन क्षेत्र नै कब्जा गरेको एमालेले जिल्लाको विकासको पनि अगुवाई गर्ने बताए ।

मञ्चका अध्यक्ष बेनी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले धादिङ जिल्ला सचिव शिव प्रसाद कंडेल, उपसचिव शम्भु थापा, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कृष्ण अर्याल, मञ्चका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णबहादुर लम्साल लगायतले बोलेका थिए ।
साधारणसभामा सचिव गोकर्ण अधिकारीले वार्षिक प्रतिवेदन र कोषाध्यष समिर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । स्वागत उपाध्यक्ष शेरबहादुर अधिकारी तथा सञ्चाल सचिव गोकर्ण अधिकारी र सल्लाहकार शम्भु अधिकारीले गरेका थिए ।

सांसद एवं पूर्वमन्त्री राजेन्द्र पाण्डे र सांसद धनबहादुर घले भने अस्वस्थता र काम विशेष भन्दै पोखरा आएनन् । यसअघि, उनीहरु आउने प्रचार गरिएको थियो । सो अवसरमा धादिङ घरमाईत भएका चेलीबेटीलाई तीज विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो । उनीहरुले नाचगान गरेर रमाईलो गरे ।

वि.सं.२०७३ भदौ १२ आइतवार ०९:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...