सूर्योदयको आईपिओ खुल्यो, हेर्नुहोस् कहाँ–कहाँबाट भर्ने आवेदन !

काठमाण्डौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निस्कासन (आईपिओ) तथा बिक्री आजबाट खुला भएको छ।

१ सय अंकित दरका १ लाख २० हजार कित्ता सेयर बिक्री खुलेको हो। जसमध्ये ६ हजार कित्ता सामुहिक लगानी कोष र ४ हजार ८ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ।

भदौ १५ गतेसम्म चाँडोमा सेयर बिक्री खुला रहने प्रवद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। ५ हजार रुपैयाँ अर्थात ५० कित्तादेखि १ लाख रुपैयाँ अर्थात १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

डिम्याट खाता भएका आवेदकले मात्रै सेयरका लागि आवेदन दिन सक्ने छन्। अन्यथा बाँडफाँडमा समावेश नगर्ने ग्लोबल आईएमईले जनाएको छ। इच्छुकले ग्लोबल आईएमई बैंकका सिनामंगल, सुकेधारा, पुल्चोक, नखु, सुर्यविनायक, बनस्थलीका शाखाहरुबाट आवेदन दिन सक्ने छन्।

त्यस्तै ज्योति विकास बैंकका कमलादी, कोटेश्वर, सरस्वतिनगर, जोरपाटी, नयाँ बानेश्वर, प्रयागपोखरी, ग्लोबल आईएमई क्यापिटल नाचघर, सूर्योदय लघुवित्तका पुतलीबजार स्याङ्जा, लमजुङ तथा पर्वतबाट आवेदन दिन सकिनेछ।

ग्लोबल आईएमई बैंकका पोखरा न्यूरोड, हेटौंडा, बिराटनगर, नेपालगञ्ज, बिर्तामोड, धनगढी लगायतका क्षेत्रबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशितः २०७३ भदौ १२

२०७३ भदौ १२ गते ११:१९ मा प्रकाशित

You can share this post!

१८ सय नेपालीद्वारा शरणार्थी बन्न आवेदन !

प्राईम बैंकको १ करोड साढे २३ लाख सेयर खुल्यो, असोज १६ सम्म म्याद !

Related posts