back
NMB ad

सौराहामा ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने

Kumari bank ad

चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ ।
पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीका अनुसरा सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको र स्थान छनोट भएपछि काम सुरुवात हुनेछ । पर्यटन विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र निर्माणको प्रक्रिया थालिएको उनले बताए ।
पर्यटन सूचना केन्द्रको अभावले चितवन आएका पर्यटक उचित सूचना नपाउँदा प्रभावित हुँदै आएका छन् । सूचना केन्द्रका लागि सौराहा बसपार्क क्षेत्र र राप्ती किनारको निकुञ्ज छेउको क्षेत्र छनोट भएको छ । दुई स्थानमध्ये कुन ठाउँमा निर्माण गर्ने भन्ने टुङ्गो नलागेकाले फिल्डको काम तत्काल सुरु गर्न सकिएको छैन ।

क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले  पर्यटन प्रहरीको निगरानी रहने गरी सुविधायुक्त सूचना केन्द्र निर्माण गरिने बताए । उनले पर्यटकका लागि चाहिने जानकारी, वन र वन्यजन्तुका गतिविधि, आनिबानी, नेपालका पर्यटकीय क्षेत्र र चितवनको पर्यटकीय गन्तव्य, भौगोलिक अवस्था तथा सांस्कृति पहिचान सबै कुरा सूचना केन्द्रमा राखिने बताए । पर्यटक आएपछि कसैलाई सोधिरहनु नपर्ने गरी केन्द्र निर्माण गरिने उनको भनाइ छ । पर्यटन विभागबाट यसवर्ष सूचना केन्द्रसहित बसपार्क स्तरोन्नति, सोलार बत्ती तथा अन्य विभिन्न विकासका काममा सहयोग भएको पर्यटन व्यवसायी जीतु तामाङले जानकारी दिए । गुरुयोजना निर्माणका लागिसमेत बजेट माग भएको क्षेत्रीय होटल संघले जानकारी दिएको छ ।
नेपालको तेस्रो पर्यटकीय गन्तव्यमा रहेको सौराहामा दैनिक दुई हजार ५ सय पर्यटक बस्न मिल्ने क्षमता भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा र नयाँ पर्यटकीय गन्तव्यको खोजी हुन नसक्दा पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन ।

प्रकाशित मितिः २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार १९:४५ मा प्रकाशित

You can share this post!

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...