back
NMB ad

एयरपोर्टभित्र साढे सात गुणा बढी महँगी

Kumari bank ad

काठमाडौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो ।

मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका सामान बिक्री गरेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको समेत भेटिएको थियो । ‘२० रुपैयाँ पर्ने पानीको मूल्य १ सय ५० रुपैयाँ, ४० रुपैयाँ पर्ने लेज २ सय रुपैयाँ, ४० देखि ५० रुपैयाँ पर्ने एक कप कफीको मूल्य २ सयसम्म लिएको पाइयो,’ शाखा अधिकृत भट्टले भने, ‘खाद्यको मूल्य प्रमाणित गर्ने गरी ७ दिनभित्र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिएका छौं ।’

अनुगमनपछि कारबाही गर्ने अधिकार विभागको भएकाले सोहीअनुसार उपस्थित हुन निर्देशन दिएको उनले बताए । अनुगमनका क्रमममा क्लासिक मार्टमा ४० रुपैयाँ पर्ने लेज  सय २०, ३ सय ५० ग्रामको चकलेट ३ हजार, ५ सय ग्रामको बिस्कुट ५ सय ५० रुपैयाँमा बिक्री गरेको भेटियो ।

कार्की मल्टिपलले ४० रुपैयाँको लेज २ सय, एक कप कफीको २ सय, ५ सय एमएल कोकलाई २ सय रुपैयाँ र अन्य खाद्यान्नमा पनि सोही अनुपातमा बिक्री गरेको पाइयो । यस्तै एबीपी मार्टले ६५ रुपैयाँ पर्ने कोकाकोला १ सय २०, ४० रुपैयाँ पर्ने लेज ८० र सोहीअनुसार अन्य खाद्यन्नमा दोब्बर मूल्य लिई बिक्री गरेको फेला परेको भट्टले बताए ।

मूल्य बढी लिनुपर्ने कारण प्रस्ट पार्न पत्र र सामनहरूको खरिद मूल्यसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । ‘के कारणले मूल्य बढी लिएको हो कारण प्रस्ट पार्न र खरिद मूल्यसहित विभागमा उपस्थित हुन निर्देशन दिएका छौं,’ उनले भने ।
पटकपटक गरिएको अनुगमनमा व्यवसायीले ठगी गरेको भेटिए पनि व्यवसायीलाई कारबाही हुन नसक्दा व्यवसायीले पनि सामानको मूल्य मनोमानी असुल्ने गरेका उपभोक्ताअधिकारकर्मीको आरोप छ ।

कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार ०७:३७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...