दिनभर पढाउने, रातभर गस्ती गर्ने शिक्षक

तोडफोड र उश्रृङ्खल गतिविधि बढेपछि उत्तरी झापाको एउटा विद्यालयका शिक्षकहरु दिनभर बिधार्थीलाई पढाउँछन् रात्रि गस्तीमा खटिने गरेका छन् ।

शान्तिनगर–६ स्थित राष्ट्रिय विजय माविमा एक साताअघि कार्यालयको ताला फोडिएको तथा केही दिनअघि साँझ पख एक जोडीलाई विद्यालय परिसरमा आपत्तिजनक अवस्थामा भेटिएको थियो । विद्यालयका प्रअ रामप्रसाद तिममल्सिनाले विद्यालय परिसरमा भएका घटनाका बारेमा स्थानीय प्रहरीले चासो नदिएपछि शिक्षक रात्रि गस्तीमा निस्कन बाध्य हुनुपरेको बताए । प्रअ तिमल्सिनाका अनुसार शिक्षकहरू दिनभर विद्यालयमा पढाउँछन् र रात परेपछि पालो बाँधेर परिसरको गस्तीमा खटिन्छन् ।

कार्यालय फोडिएको र परिसरमा बाहिरियाको उश्रृङ्खल गतिविधि बढेको बारेमा स्थानीय बुधबारे प्रहरी चौकीमा विद्यालयले लिखित रुपमै जानकारी गराएको छ ।  प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मदेव मण्डलले कार्यालयमा तोडफोड गर्ने समूहको खोजी भइरहेको र सीमित जनशक्ति भएकाले सधैँभरि विद्यालयमा रात्रि गस्ती गर्न नभ्याइने बताएका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १४

२०७३ भदौ १४ गते २१:०३ मा प्रकाशित

You can share this post!

२ खेलाडी लिएर १६ जनाको जम्बो जेट

पर्यटन मन्त्रीलाई सोट्टोको १८ बुँदे सुझाव : हेर्नुहोस पूर्ण पाठ !

Related posts