तीजका लागि गहना जोड्ने हैन ? घट्यो सुनको भाउ !

काठमाण्डौं । चाडवाडको समय नजिँकिँदै गर्दा सुनको मूल्यमा घटबढ हुन थालेको छ । आज बुधवार बजारमा सुनको मूल्यमा पनि केही कमी आएकोछ ।

आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँ कम भएकोछ । आज बजारमा सुन प्रति तोला ५८ हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । मंगलवार सुन प्रतितोला ५८ हजार ७ सयमा कारोवार भएको थियो ।

आज बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रति तोला ८ सय ५५ रुपैयाँ तोकिएको छ ।

१५ भदौ २०७३, १०।००

२०७३ भदौ १५ गते १२:०५ मा प्रकाशित

You can share this post!

दिगो पर्यटन सहकारीद्वारा तीज विशेष कार्यक्रम आयोजित !

NEA disconnects 3,000 power supply lines, raises Rs 62 million arrears

Related posts