back
NMB ad

तरकारीको मूल्य बढेर हैरान हुनुहुन्छ, यसरी जोगाउनुहोस पैसा !

Kumari bank ad

काठमाण्डौं । अहिले शहरमा बस्ने सबैका लागि टाउको दुखाईको एउटै विषयको तरकारीको भाउ अचाक्ली बढ्नु । बिहान बेलुका हरेक दिन खानुपर्ने कुरा नै यति महंगो भएपछि खर्च धान्न पनि मुस्किल हुँदै गएको हुन्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको कौशी खेती गर्नु नै हो ।

हामीले खाने गोलभेला, धनियाँ, खुर्सानी, भण्टा। क्याप्सिकम, बोडी जस्ता तरकारीहरु हामीले सजिलै कोशीमा उत्पादन गर्न सक्छौं । कौशी खेती गर्नका लागि सिजन अनुसारका विरुवा चयन गर्न सकिन्छ । विशेष गरी, हिउँदे र बर्षा गरी दुई सिजनमा खेतीलाई छुट्याउन सकिन्छ ।

हिउँदे सिजनमा विरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ । बर्षा सिजनमा उमार्ने विरुवाहरु छुट्टै प्रकारका हुन्छन् । अमिलो जातका विरुवाहरु वर्षा सिजनमा उमार्न सकिन्छ ।

हिउँदका बेलामा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ । वर्षायाममा लौका, घिरौंला, काँक्रो, करेला, फर्सी ठाउँ अनुसार रोप्न सकिन्छ । यसैगरी, गोलभेंडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुँगो, लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ ।

कौशी खेती गर्दा, पानी चुहिने, घर चर्कने समस्या हुन सक्छ । यसको सजिलो समाधान भन्नु नै कौशी खेती गर्नु अघि प्राविधिकसँग राम्रोसँग सरसल्लाह गर्नु हो

फलफूलमा आलुबखडा, आरु, नास्पाती, जापनिज हलुवाबेद र अरु नयाँ हाइब्रिड प्रजातिका विरुवाहरु रोप्न सकिन्छ । वर्षे बालीः बर्षा याममा अमिलो विरुवाहरु रोप्न सकिन्छ । सुन्तला, कागती, मुन्तला, अम्बा जस्ता विरुवाहरु वर्रषा सिजनमा निक्कै फस्टाउँछन् ।

तरकारीमा विभिन्न किसिमका सागसब्जीका साथै मुला, सलगम रोप्न सकिन्छ । खेतबारीमा जस्तै गरी, सिजनल तरकारी सबै कौशीमा रोप्न सकिन्छ । विशेषगरी हाइब्रिड जातीहरु कौशीको खेतीका लागि उपयुक्त मानिन्छ ।

केही थप समस्या र समाधान हुन त पानीको निक्कै धेरै समस्या भएको राजधानीमा कौशी खेतीका लागि पानी जुटाउनु अर्को समस्या हो ।

खानका लागि त पानी जोहो गर्न गाह्रो भइरहेको अवस्थामा कौशीमा भएका बोटविरुवाका लागि पानी जुटाउनु सजिलो कुरा त होइन । तर, समस्याको समाधानका रुपमा पानीको पुनः प्रयोगलाई लिन सकिन्छ । कौशीका बोटविरुवाले घरमा पानीको व्यवस्थापन सही किसिमले गर्न प्रेरित गर्छ, सिकाउँछ ।

कौशी खेतीका लागि घरमा विभिन्न क्रियाकलाप गर्दा निस्कने फोहोर पानी प्रयोग गर्न सकिन्छ । भान्छाबाट निस्कने फोहर पानी, लुगा धुँदा निस्कने पानी (साबुन धेरै भएको पानी भने प्रयोग नगर्नु राम्रो), नुहाउँदा निस्कने पानी, अनि मनले मान्छ भने जूठो पानी समेत कौशी खेतीका लागि प्रयोग गर्न सकिन्छ ।

सबै घरको कौशीमा खेती गर्न सकिन्छ भन्ने पनि होइन । प्राविधिक वा इन्जिनियरसँग सल्लाह गरेर मात्रै घरमा कौशी खेती गर्नु उपयुक्त हुन्छ । त्यतिकै कौशी खेती गर्दा, पानी चुहिने, घर चर्कने समस्या हुन सक्छ । यसको सजिलो समाधान भन्नु नै कौशी खेती गर्नु अघि प्राविधिकसँग राम्रोसँग सरसल्लाह गर्नु हो ।

कौशीको खेतीलाई नोक्सान पुर्‍याउने अर्को ठूलो तत्वका रुपमा चराचुरुङगीलाई पनि लिन सकिन्छ । चराचुरुङ्गीले बोटविरुवालाई ठुंगेर क्षति पुर्‍याउँछन् । यसका लागि जालीको प्रयोग गर्न सकिन्छ भने, विरुवामाथि धागोको जाली बनाएर समेत बोट विरुवाको रक्षा गर्न सकिन्छ ।

थोरै जाँगर चलाउने हो भने, घरकै कुनै खाली कुनामा थोरै मात्रामा भए पनि तरकारी साग सब्जी उमार्न सकिन्छ । यसले रसायन नमिसाइएको, घरमै उत्पादित सागसब्जी अनि फलफूल सेवन गर्न सकिन्छ ।
१५ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ १५ बुधवार १३:३२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...