back
NMB ad

श्रमिकमैत्री निती बनाउन राज्यमाथि हस्तक्षेप गर्ने मजदुर शक्ति खोई ?

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड युनयन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले श्रमिकको सामाजिक सुरक्षा र श्रमिक मैत्री निती निर्माणका लागि राज्य माथि हस्तक्षेप गर्न दरिलो मजदुर शक्ती निर्माण गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । जिफण्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अरनिको रुट ट्रक इकाइ कमिटीको २३ आंै इकाइ स्थापना दिवसको उद्घाटन गर्दै महासचिव लम्सालले यातायात मजदुरहरु हरेक किसिमले पिडीत बन्ने गरेको उल्लेख गर्दै श्रमिकहरु एक भएर आफ्ना समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जिफन्ट बागमती अञ्चल अध्यक्ष रामहरी नेपालले रसुवाको केरुङ नाकामा यातायात मजदुरहरुले भोग्नुपरेको समस्या तत्काल समाधान गर्न सरोकार निकायलाई आग्रह गर्दै नाका प्रवेशमा सहजिकरण नभए आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा यस बर्षको एस.एल.सी परिक्षामा सरकारी बिद्यालयमा पढेर उत्कृष्ट नम्बर ल्याउने त्यस इकाइका साधारण सदस्यका छोराछोरीहरुलाई प्रथम, द्धित्तिय, तृत्तिय र सान्त्वना गरी कुल ९ जना बिद्यार्थीहरुलाई क्रमशः १५,०००, १०,०००, ६,००० र १००० का नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै दुर्घटनामा परि घाइते ७ जना श्रमिकहरुलाई सहयोगस्वरुप कुल ९७,४७८ रुपैया नगद प्रदान गरिएको थियो ।

त्यस्तै संस्थापक अध्यक्ष भक्त बहादुर गुरुङ, उक्त इकाइमा लामो समय कमिटिमा रहेर इकाइको भवन निर्माणमा योगदान गर्ने जिफन्ट राष्ट्रिय कमिटीका सदस्य एवं बागमती अञ्चल अध्यक्ष रामहरि नेपाललाई सम्मान गरिएको थियो ।
araniko
कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, बागमती अञ्चल अध्यक्ष नवराज घिमिरे, नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष झम्क नेपाल लगायतले यातायात श्रमिकहरुका बारेमा आ–आफ्ना भनाई राखेका थिए । इकाई अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले यातायात श्रमिकहरुको समस्या सामाधानमा आफुहरुले सक्दो सहयोग गरिरहेको र आगामि दिनमा पनि यसलाई निरन्तरता दिईने बताए । त्यस्तै सचिव जीवन खड्काले यातायात मजदुरका समस्या समाधानमा सबैको हातेमालो आवश्यक रहेका बताएका थिए ।

प्रकाशित मिति : २०७३ भदौ १५

वि.सं.२०७३ भदौ १५ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...