पैसा तयार पार्नुहोस्, हाइड्रोपावरले ल्याउँदैछ साढे ११ लाख कित्ता सेयर !

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर  लिमिटेडले आगामी भदौ २६ बाट साधारण शेयर  निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । आवेदन फाराम युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कुश्मा, देवः विकास बैंकको कार्यालय कुश्मा र फलेबास पर्वतमा मात्रै पाइने कम्पनीले जनाएको छ ।

शेयर आवेदन भदौ २६ गतेबाट छिटोमा असोज ९ र ढिलोमा असोज ३० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशितः २०७३ भदौ १७

२०७३ भदौ १७ गते ११:५९ मा प्रकाशित

You can share this post!

पासपोर्ट बनाउने शुल्क घट्यो, अब मात्र ५० डलर !

डेभलपमेण्ट बैंकको सेयर भर्नुभयो, खुल्यो ३ लाख ९० हजार कित्ता !

Related posts