back
NMB ad

अर्थमन्त्री महराद्धारा कर प्रणाली सुधार गर्न कर्मचारीलाई निर्देशन

Kumari bank ad

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आन्तरिक राजस्व विभाग पुगेर कर प्रणाली सुधार गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्री महराले भने, विभागको वारेमा म पूर्व जानकार नै छु । कर प्रणाली जति मजवुद हुदै जान्छ देश त्यति नै समृद्ध वन्दै जानेछ । उनले कर प्रणालीमा सुधारका लागि कार्यस्थलमा आइपरेको समस्याहरुको पृष्ठपोषण नीति निर्माणका लागि कर्मचारीलाई निर्देशन दिए ।

कर्मचारीले तोकिएको कार्यविधिको आधारमा कार्य सम्पादन गर्ने हुंदा त्यसरी कार्य सम्पादन गर्दा देखिएका समस्याका सम्बन्धमा कर्मचारीले पृष्ठपोषण दिएमा नीतिगत एवं कार्यविधिगत सुधार गर्न आफू तयार रहेको उनले बताए ।

नीति, कानून, राजनीतिक प्रणाली जहाँ सुधार गर्नु पर्छ त्यहाँ सुधार गर्न हामी तयार छौ, अर्थमन्त्री महराले भने । अर्थमन्त्री महराले विभागले अघि सारेका करदाता शिक्षा, करदाताको पहिचान, विद्युतीय भुक्तानी प्रणाली, अन्तशुल्क प्रशासनमा शुरु गर्न लागिएको प्रविधिमा आधारित अनुगमन र परीक्षण र इलेक्ट्रोनिक क्याश रजिष्ट्रर जस्ता कार्यक्रमले कूल राजस्वमा आन्तरिक राजस्वको योगदान बढ्ने बताए। उनले यसबाट राजस्व चुहावट रोक्न समेत मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।

अर्थमन्त्री महराले कर्मचारीले असल नियतले गर्ने राम्रो कामको प्रतिरक्षा गर्न मन्त्रालय सदैव तयार रहेको वताए। उनले कर्मचारीको सरुवा गर्दा कामको अनुभव, दक्षता र समग्र कार्य सम्पादनमा बढोत्तरी हुने गरी समन्यायिक तरिकाले गर्न विभागलाई निर्देशन समेत दिए।

कार्यक्रममा करको दायरा संख्याका आधारमा मात्र नवढ्ने भन्दै उनले सार्वजनिक खर्च गर्ने क्षमता बढाउन सकेमा उद्योगधन्दा, व्यापार व्यवसाय समेत बढ्ने र करको दायरा स्वतः बढ्दै जाने वताए।

कार्यक्रममा राजस्व सचिव राजन खनालले आन्तरिक राजस्व स्थायी प्रकृतिको स्रोत भएकोले कर प्रणालीमा सुधार गर्नु पर्ने बताए।  उनले त्यस्तो सुधारको मापदण्ड कर सहभागिता लागत, कर वक्यौता र करवीचको अन्तर, सेवा प्रवाहमा गुणस्तरीयता हुनु पर्ने वताए।
विभागका महानिर्देशक चुडामणि शर्माले विभागले प्रशासन गर्ने करहरु, विद्यमान ऐन, कानून, विभागको सांगठनिक संरचना, विभाग र मातहत कार्यालयहरुको जनशक्ति व्यवस्थापन, हाल करको दायरामा आएका करदाताहरुको संख्या, गत आर्थिक वर्षको विभागको लक्ष्य र प्रगतिका वारेमा तथा चालु आर्थिक वर्षको लक्ष्यको वारेमा उपप्रधान एवं अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रकाशित मितिः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार २०:२१ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...