back
NMB ad

पर्यटकलाई बिरामी गराएर बीमा दाबी गर्ने माथि कडा अनुगमन !

Kumari bank ad

हरिशरण न्यौपाने

पर्यटन बोर्डको जनशक्ति अभावले….

भूकम्प र त्यसपछि आपूर्तिमा भएको असहजता लगायतका कारण नेपालको पर्यटन क्षेत्र सिथिल बन्न पुगेको थियो । अहिले भने त्यो उत्साहजनकरुपमा अगाडि बढिरहेको देखिन्छ । बढिभन्दा बढि बिदेशी पर्यटकहरुले नेपालको बारेमा इन्क्वाएरी (सोधपुछ) गरिरहेका छन् । नेपाल आउन खोजिरहेका छन् । नीजि क्षेत्रसँगको सहकार्यमा नै हामीले त्यसो गर्न सफल भयौं । अहिले जनशक्ति (२०/२२ जना) कम भएका कारण हामीलाई अप्ठेरो छ । जिम्मेवारी धेरै छ । कामको धेरै चाप छ । आन्तरिकरुपमा पर्यटन प्रबद्र्धन गर्ने, विकास गर्ने, जनशक्ति विकास गर्नेदेखि अन्तर्राष्ट्रिय प्रबद्र्धनका सबै कामहरु यहि २०/२२ जनाको समूहले गर्नुपर्ने स्थिति छ । आशा छ, त्यो छिट्टै पुरा हुनेछ । हामीले पूर्णरुपमा काम गर्न सक्नेछौं ।

बिबिसि, ट्रिप एडभाईजर जस्ता अन्तर्राष्ट्रिय संचारमाध्यम सँग पार्टनरसिपमा पर्यटन प्रबद्र्धन गरिंदै

पहिला हामीले विभिन्न मेलाहरुमा जाने, मार्टहरुमा सहभागी भएर नेपालको स्टलहरु राख्ने चिनाउने गरियो । अहिले दुनियाँ बढि प्रबिधियुक्त भएको छ । म आईसकेपछि यो वर्षको ८ महिनामा नयाँ ढंगले यसलाई ठूलो प्राथमिता दिएका छौं । यो बजेटमा पनि प्राथमिकता दिएका छौं । केहि समय अगाडि भारतका विभिन्न शहरहरुमा फेसबुक विज्ञापनहरु गर्यौं । डिजीटल मार्केटिङलाई प्राथमिकतामा राखेका छौं । अर्काे अन्तर्राष्ट्रिय संचारमाध्यममा पब्लिसिटी (प्रचारप्रसार) नगरी ठूलो संख्यामा पर्यटक ल्याउन नसकिने स्थिति देखेर हामीले बिबिसी जस्तो संस्थासँग साझेदारीमा विज्ञापन गर्न खोज्दैछौं । ट्रिप एडभाइजर जस्तो ठूलो अनलाईन पोर्टलमा पार्टनरशीप गरेर प्रबद्र्धन गर्दैछौं । भारत र चीन ठूलो मार्केट भईरहेको छ । त्यसको लागि छुट्टै कन्जुमर (ग्राहक) केन्द्रित गरेर प्रचार प्रसार गर्दैछौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को बिदेशमा ठूलो उपस्थिति रहेको छ । उहाँहरुमार्फत प्रबद्र्धनका कामहरु गर्दैछौं । नेपालकै कतिपय ठाउँमा पर्यटक फिजाउन काठमाडौबाट गाह्रो भएको हुनाले पूर्वका केहि शहरहरुलाई पूर्वकै उदीयमान भारतका सहरहरुलाई कनेक्ट गर्ने, पश्चिमतीर पश्चिमका लाई कनेक्ट गर्ने गरेर नयाँ ढंगले कार्यक्रम अगाडि बढाएका छौं ।

८ महिनामा २ सय बिदेशी मिडीयाले नेपाल घुमे

यहि बेला हामीले २५/३० वटा मेलाहरुमा व्यवसायीहरुलाई लगेर सहभागीता जनायौं । अर्काे हामीले सेल्स मिसन, डेस्टिनेसन प्रोमेशनका काम गर्यौं । बिदेशी मिडीयाहरुलाई नेपाल ल्याएर घुमायौं । करिब २ सय वटा बिदेशी मिडियालाई यहि ८ महिनाको अबधिमा नेपाल घुमायौं । ताकि उनीहरु फर्केर नेपालका बारेमा सकारात्क सन्देश लेखुन् भनेर यसरी प्रबद्र्धनको पाटो भईरहेको छ ।

मिडियामा गरेको खर्च यो खर्च होईन लगानी

हामीले बिदेशी मिडियामा खर्च गरेको यो खर्च होईन लगानी हो । भोलि प्रतिफल आउँदैन । पर्यटक बढ्दैन भने त्यो खर्च गर्ने कुरै छैन । सामान्यतया हामीकहाँ यस्ता खर्चलाई खर्चकारुपमा मात्र हेरिन्छ । यो वास्तविकरुपमा हाम्रो लगानी हो । प्रबद्र्धनको काममा पर्यटनमा आज गरेको खर्चले भोलि नै प्रतिफल आउँदैन । तर दिर्घकालमा प्रतिफल आउँछ । जस्तो डिजीटल मार्केटिङमा बढि जान खोज्नुको कारण पनि त्यहि हो । त्यसको असर हेर्न मिल्छ ।

भारतीय पर्यटक आगमनमा ३० प्रतिशतले वृद्धि

डिजीटल मार्केटिङको कुरा गर्ने हो भने केहि समय अछि हामीले भारतका विभिन्न शहरहरुमा जो फेसबुक क्याम्पेन लञ्च गर्यौं । लञ्च गरेकै दिनमा १ लाख २१ हजारले क्लिक गरेका छन् । ४/५ महिनाको तथ्याँक हेर्ने हो भने ३० प्रतिशतले भारतीय पर्यटकको संख्या बढेको देखिन्छ । यो फेसबुक क्याम्पियनकै असर हो ।

DeepakRaj Joshi ntb
दीपकराज जोशी – प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

देशभित्र दूर्भाग्यपूर्ण घटना भएनन् भने प्रचारप्रसाारको प्रतिफल धेरै

प्रचारप्रसारले उत्पादन दिन सकिन्छ । तर कस्तो भने देशभित्र त्यस्ता खालका दूर्भाग्यपूर्ण घटना भएनन् भने निश्चय नै अधिक प्रतिफल आउँछ । प्रतिफल आउने भएर मानिसले प्रमोशनमा खर्च गर्छ नि ! उत्पादनमुलक उद्योगमा हेर्ने हो भने १ सय रुपैंयामा १० रुपैंया लागत हुन्छ भने ८० देखि ९० रुपैंयासम्म प्रबद्र्धनमा खर्च गरिरहेको हुन्छ । किनभने त्यसले बिक्री बढाउने हो । त्यो त एकदमै महत्वपूर्ण पाटो हो । अहिले त यति धेरै प्रतिष्पर्धा छ । भारतमा राज्य–राज्यको प्रतिष्पर्धा छ । भुटान, श्रीलङका माल्दिभ्स चारैतिर प्रतिष्पर्धा छ । त्यसमा हामीले खर्च गरेनौं, लगानी गरेनौं भने त कसरी पर्यटक ल्याउन सकिन्छ र !

चाडपर्व केन्द्रित घुमफिर उपहार

यता आन्तरिक घुमफिर वर्ष भनेर २०७३ लाई विभिन्न समयमा चाडपर्व केन्द्रित गरेर घुमाउने उपहार दिनुस् जस्ता क्याम्पेनलाई फोकस गरिएको छ ।

पर्यटन क्षेत्रमा केहि न केहि क्याम्पेन र हल्लीखल्ली गरिरहनु पर्छ

घुमफिर वर्षकै कुरा गर्ने हो भने वर्ष घोषणा भयो । त्यो अनुरुप गतिबिधि भएन भन्नेहरु पनि छन् । कुनै पनि काम आरोपविहिन त हुन सक्दैन । आरोप आउँछन नै, आरोप आउँछन् भनेर केहि नगरेर बस्नु पनि त भएन ! यता पर्यटन क्षेत्रको कुरा गर्ने हो भने यो निर्माण लगायत अरु क्षेत्र जस्तो होईन । यसमा केहि न केहि क्याम्पेन ल्याईराख्ने, हल्ली खल्ली गरिराख्ने, कार्यक्रम र गतिबिधी गरिराख्ने गर्नुपर्छ । विभिन्न व्यापारिक क्षेत्र, रेष्टुरेन्ट, गन्तव्यले अफर ल्याईरहेका हुन्छन् । यस्ता विषयहरुको पर्यटनमा अझै खाँचो पर्दछ । पर्यटनमा यस्ता अभियान र क्याम्पेन ल्याईराख्नुपर्दछ । अर्काेतिर २ वर्षमा यो गर्ने, ३ वर्षमा यो गर्ने भन्ने क्याम्पेन पनि भईरहेको छ ।

पर्यटन पूर्वाधार विकास भएन भन्दैमा प्रबद्र्धन रोक्नुभएन

पर्यटन पूर्वाधारका कुरा गर्दा लगानी बोर्डले ठूल्ठूला योजना अगाडि बढाउँदैछ । एभियसनको क्षेत्रमा सिभिल एभियसन छ । मन्त्रालयमा पूर्वाधार महाशाखा छ । त्यो उहाँहरुको पाटो हो । उहाँहरुले गर्दै जानुहुन्छ । त्यो भएन भन्दैमा प्रबद्र्धन नै रोक्नु चाँहि भएन ।

पर्यटन बिक्री गर्ने कला हो

हाम्रो जिम्मेवारी के हो भने अहिले मुग्लिनको बाटो खराब छ । बाटो खराब भएपनि हाम्रो जिम्मेवारीका हिसाबले त्यसलाई बेच्नुपर्छ । यो त झन् एड्भेन्चुअर हो । अन्त तिमीले यस्तो अनुभव हासिल गर्न सक्दैनौं । यस्तो हुँदैन, त्यस्तो हुँदैन भनेर बेच्न सक्नुपर्दछ । फेरी पर्यटन आर्ट अफ सेलिङ अर्थात् बिक्री गर्ने कला हो । जस्तो भूकम्पले भत्कायो । बनाएपछि मात्रै बिक्री गर्ने भन्ने कि, बनाउँदा बनाउँदै पनि तिमीहरुले निर्मीत संरचना हेर्न सक्छौ, यो खुल्ला संग्राहलय हो, यस्तो बनाईरहेको त संसारमा कंहि देख्न सक्दैनौ । काठ खोपीरहेको, आर्टहरु गरिरहेको, पुराना इट्टाहरु यो झन् नयाँ अनुभव हो झन् आउ भनेर बिक्री गर्न सक्नुपर्छ ।

पर्यटन प्रबद्र्धनका हिसाबले बजेट राम्रो छ

बजेटमा सबैको चित्त बुझाउने त हुनै सक्दैन । अहिले पनि केहि साथीहरुले जायज गुनासो गरेका छन् । कतिपय विषय विभागले पनि त्यहि गर्ने, मन्त्रालयले पनि त्यहि गर्ने, हामीले पनि त्यहि गर्ने डुब्लिकेसन छ । कता–कता केहि बजेटहरु ट्रेकिङ ट्रेलमा, संस्कृति संरक्षणमा गएको छ । त्यो कम भएर स्पेशलाईज भईदिएको भए अझ सजिलो हुने थियो । तर धेरैले पर्यटन प्रबद्र्धनका हिसाबले बजेट राम्रो भनेका छन् ।

सहजै ८ लाख पर्यटक भित्रन्छन्

पर्यटकको आगमनको कुरा गर्दा आन्तरिक टार्गेट (लक्ष्य) सन् २०१४ जो भूकम्प आउनु अगाडिको अवस्था थियो, २०१५ मा त भूकम्पले घटाईहाल्यो । २०१६ मा कम्तिमा ८ लाखको हाराहारीमा भन्ने थियो । सहजै ८ लाख पुर्याउन सकिन्छ भनेर लागिरहेका छौं ।

व्यवसायीबाट घुमफिर वर्षका प्याकेज आएन !

अहिले घुमफिर बर्षमा हामीले २÷३ चिज गर्न सकेका छैनौं । व्यवसायीबाट प्याकेज आउनुपर्ने त्यो हुन सकेको छैन । यहि होला र हामीले यहि वर्ष सबै चिज होला । त्यसपछि केहि हुन्न भन्ने होईन । यो एउटा सुरुवात हो । आन्तरिक पर्यटन निकै महत्वपूर्ण पाटो हो । आन्तरिक पर्यटन प्रबद्र्धन गर्नुपर्छ । आन्तरिक पर्यटक विकास हुँदा अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन र विकासमा पनि सहयोग पुग्छ । विभिन्न दुर्घटनाका कारण अन्तर्राष्ट्रिय पर्यटक आउन नसक्दा यसले थेग्छ भन्ने हिसाबले हामीले पहिलो प्राथमिकता दिएका छौं । अहिलेसम्म आन्तरिक पर्यटन प्रबद्र्धनका हिसाबले महत्व दिएर गरेको हो । अनि सोसियल मिडियामा प्रबद्र्धनका धेरै काम गरेका छौं । बैशाखमा घुम्ने वर्ष नयाँ हर्ष भनेर क्याम्पेन चलायौं । चाडबाडमा घुम्नका लागि हामी छुट्टै प्रबद्र्धनात्मक सामाग्री निकाल्दैछौं ।

हवाई भाडा महंगो भएका कारण बिदेशी कम आए

हवाइ भाडा बढि भयो भनेर लागत तुलना गरेर विदेशीहरु नेपाल कम आए भन्ने बाहिर गुनासो आईरहेका छन् । यो कुरा सही हो । मुख्यतः मन्त्रालयले पटक–पटक यसमा चर्चा चलाएको छ । हामीले यो महंगो छ भनेर फिडब्याक पनि दिएका छौं । यसमा केन्द्रिय निकाय मन्त्रालयले हेर्ने काम हुन्छ । यो विषय छिट्टै सम्बोधन होला । नेपालको फ्युल (इन्धन) सबैभन्दा महंगो हुन्छ रे भनिन्छ । एयरलाईन्सहरुको केहि न केहि कार्टेलिङ पनि छ । त्यसलाई चातुर्यतापूर्णरुपमा सम्बोधन गर्न सक्नुपर्छ ।

पर्यटकलाई बिरामी गराएर बीमा दाबी गर्ने माथि कडा अनुगमन

जहाँ जहाँ जे चिजले गन्तव्यको छवीमा नकारात्मक असर पारेको छ र पार्छ त्यहाँ हाम्रो सरोकार भईहाल्छ । पर्यटकलाई बीच बाटोमा औषधी खुवाएर होस् या अन्य कुनै कारणबाट हेलिकप्टर चार्टर गरी बीमा दाबी गर्ने हाम्रा पनि केहि व्यवसायीबाट भएका गतिबिधि हुन् भन्ने आइरहेको छ । छिट्टो पैसा कमाउ भन्ने हिसाबले यसो भएको हुनसक्छ । यसले अन्तर्राष्ट्रियरुपमा नकारात्मक असर र नकारात्मक सन्देश पनि गएको छ । त्यो सच्याउन सम्बन्धित छाता संस्था र व्यवसायहिरुलाई पनि बारम्बार अनुरोध गरका छौं । कस्ले यस्ता गतिबिधि गरिरहेको छ भनेर कि त सरकारको कडा अनुगमन हुनुपर्यो नभए व्यवसायीहरु नैतिकवान हुनुबाहेक यसको अरु उपाय छैन ।

नेपालको छबी बिगार्नेहरुको रिपोर्टिङ गरिदिनुस्

यसमा पर्यटन विभागमा अनुगमन शाखा छ, उसको जिम्मेवारी हुनजान्छ । वास्तवमा यसलाई विभागको मात्र जिम्मेवारी नठानेर नीजि क्षेत्रका छाता संस्थाहरु टान, एनएमए लगायत हामीहरु पनि सक्रिय हुनुपर्छ । दुई वर्ष पैसा कमाएर हुँदैन । चार वर्षपछि मानिस आएन भने र नेपालको छबी बिग्रीयो भने काम भएन भने राम्रो हुँदैन । त्यसैले इमेज जोगाउन जस्ले त्यस्ता गतिबिधि देख्यो त्यसले रिपोर्टिङ गरिदिनुपर्छ ।

टिम्सको विवाद छिट्टै टुंगिन्छ

पर्यटन श्रमिकले टिम्सबापत पाउने सामाजिक सुरक्षा लगायत दुर्घटनामा परेका श्रमिकले र ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम (टिम्स) मार्फत पाउनुपर्ने रकम रोकिइरहेको छ । यो विषय विगत एक÷दुई वर्षदेखि नै टिम्स फन्डबाट मोबिलाईज हुने चिज थियो । टिम्सको यो कोष र यो कोष संचालनसम्बन्धी टान र पर्यटन बोर्डका बीचमा एक खालको विवाद रहेको अवस्था थियो । त्यसलाई अहिले धेरै हदसम्म टुङ्ग्याउन खोज्दैछौं । हामी यो विषय छिट्टै टुङ्गिने आशामा छौं । यहि बीचमा यसको महत्वलाई हेरेर बोर्डबाट पास गराएर पेश्कीस्वरुप हुदहुदमा ज्यान गुमाएकाहरुलाई केहि रकम निकासा भईसकेको छ । अलिकति विवाद नहुने हिसाबले टिम्सको यो विषय छिट्टै टुगिंदैछ ।

टिम्समा संयुक्त कोष भन्ने हुन्छ । पैसा उठेको खर्च हुन नसकेको करिब १० करोड छ । ३० प्रतिशत टानले लिएर खर्च गर्ने, ३० प्रतिशत पर्यटन बोर्डले खर्च गर्ने, ३० प्रतिशत संयुक्त कोषबाट खर्च गर्ने र १० प्रतिशत मजदुरहरुका लागि खर्च गर्ने भन्ने सम्झौता छ । प्रक्रिया अनुरुप विवाद समाधान हुनासाथ सबै रकम जानेछ ।
(कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ भदौ २०

वि.सं.२०७३ भदौ १९ आइतवार २३:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...