आर्थिक संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने देशको आर्थिक अवस्था भयावह !

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्थामा भयावह तरिकाले ह्रास आएको बताएका छन् । भूकम्प र नाकाबन्दीका कारण आर्थिक अवस्था भयावह बनेको भन्दै उनले संविधान कार्यान्वयन र आर्थिक विकासलाई नै आफूले मुख्य चुनौतिको रुपमा लिएको बताए ।

नेपाल आर्थिक संघले मंगलबार राजधानीमा आयोजना गरेको गोष्ठीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको कार्यान्वयन र आर्थिक विकास नै मेरा मुख्य चुनौति हुन्, ‘मूल्यवृद्धि १० प्रतिशत, आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम र ब्यापार घाटा सात खर्बभन्दा बढी भएको भयावह परिस्थितिमा मेरो नेतृत्वको सरकार बनेको छ ।’

रेमिट्यान्सले नै अर्थतन्त्र धानिरहेको भन्दै प्रचण्डले तर रेमिट्यान्सले दीगो बैदेशिक मुद्रा आम्दानी नगर्ने बताए । त्यसैले रेमिट्यान्सलाई उत्पादनशील र पूँजी निर्माणमा लगाउन सरकार तयार रहेको उनले बताए । त्यसका लागि युवाहरुलाई आवश्यक सिप र तालिम प्रदान गर्ने र कुन मोडेलबाट रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने भन्नेबारे आर्थिक संघ र बुद्धिजिवीहरुसँग छलफल गरेर सरकार अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपाल आर्थिक संघ २५ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा संघीय प्रणालीमा अन्तर सरकारी वित्त सम्बन्ध विषयक गोष्ठी आयोजना गरेको थियो ।

२१ भदौ २०७३, ११।००

२०७३ भदौ २१ गते १२:३९ मा प्रकाशित

You can share this post!

दसैंका लागि खाद्य संस्थानले ५० हजार खसीबोका ल्याउँदै, अष्ट्रेलियादेखि ल्याइन्छ !

पोखराको शीतलादेवी मावि देशभरकै उत्कृष्ट विद्यालय !

Related posts