पोखराको शीतलादेवी मावि देशभरकै उत्कृष्ट विद्यालय !

काठमाण्डौं । पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी मावि सबैका लागि अनुकरणीय बन्दै गएको छ । मुलुकभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै शीतलादेवीले ३७ औं शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा यही भदौ २३ गते यस वर्षको सर्वोत्कृष्ट विद्यालयका रुपमा दुई लाख पुरस्कारसहित राष्ट्रिय सिल्ड पाउने भएको छ ।

प्रत्येक वर्ष शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामुदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय र क्षेत्रीय उत्कृष्ट विद्यालय घोषणा गर्ने गरेकामा सामुदायिकतर्फको सर्वोत्कृष्ट विद्यालयको पुरस्कार एवम् सम्मान शीतलादेवीले प्राप्त गरेको विद्यालयका प्रअ बाबुराम अधिकारीले बताए।

२१ भदौ २०७३, ११।००

२०७३ भदौ २१ गते १२:५४ मा प्रकाशित

You can share this post!

आर्थिक संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने देशको आर्थिक अवस्था भयावह !

अब पाँच रुपैयाँमा खाता खोल्दा तीन प्रतिशत ब्याज पाइने !

Related posts