काठमाण्डौं । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होलारु कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको छ ।
भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको भन्दै दुःख व्यक्त गरे। ‘तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,’ तलेजुका मूल नाइके जोशीले भने,‘ बरू वृद्ध भत्ता मासिक दुई हजार छ।’
काठमाडौं र ललितपुरका कुमारीको तलब भने भक्तपुरकी कुमारीको भन्दा बढी छ। २०४१ साल यता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो। आजको नागरिक दैनिकमा समाचार छापिएको छ।
प्रकाशितः २०७३ भदौ २२
वि.सं.२०७३ भदौ २२ बुधवार १०:०२ मा प्रकाशित