back
NMB ad

सिटिजन्स बैंकमा जागीर खुल्यो !

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले उपत्यका बाहिरका शाखाहरुका लागि शाखा व्यवस्थापक माग गरेको हो । आवश्यक योग्यता पुगेका, इच्छुक र लगनशीलका साथै व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अग्रेजी लेखन र बोलीमा पोख्त, माइक्रोसफ्ट अफिसमा नेपाली र अंग्रेजी दुबै टाइपिङ जानेको नेपाली नागरिकलाई १८ सेप्टेम्बर अर्थात असोज २ गते साँझ ५ बजेभित्रमा

www.citizensbank.com.np/career.php मा गई अनलाइन एप्लिकेसन फर्म भर्न आह्वान गरिएको छ ।

बैंकले वीरगञ्जका लागि एसिस्टेन्ट मेनेजर अथवा सिनियर अफिसर एक जना मागेको छ । जसका लागि वाणिज्य बैंकमा सोही पद या एक तह तल्लो पदमा रहेर कम्तीमा सात वर्ष काम गरेको र क्रेडिट तथा ब्रान्च अपरेसनका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले नेपालगञ्ज र नारायणघाटका लागि दुई जना सिनियर अफिसर वा अफिसर माग गरेको छ । यसका लागि वाणिज्य बैंकमा सोही पद या एक तह तल्लो पदमा रहेर ५ वर्ष काम गरेको हुनुपर्नेछ । साथै, क्रेडिट र ब्रान्च अपरेसनका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ ।

त्यसैगरी, बागलुङ, महेन्द्रनगर, बेनी, गौशला(महोत्तरी), कोल्बी, पथलैया र गाइघाटका लागि बैंकले सात जना अफिसर वा जुनियर अफिसर माग गरेको छ । सो पदका लागि वाणिज्य बैंकमा सोही पद वा एक तह तल्लो पदमा रहेर ५ वर्ष काम गरेको र क्रेडिट तथा ब्रान्च अपरेसनबारे राम्रो ज्ञान भएका नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको छ ।

अनलाइन फर्म भर्दा आफूले काम गर्न चाहेको ब्रान्चको नामसमेत खुलाउन आग्रह गरिएको छ । स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ भदौ २२

वि.सं.२०७३ भदौ २२ बुधवार १०:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...