back
NMB ad

जाऔँ है पोखरा अभियान यस वर्ष पनि

Kumari bank ad

काठमाडौं । पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ ।

पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको छ ।

रिसोर्टले गतसाता राजधानीका ६० भन्दा बढी ट्राभल एजेन्सीका प्रतिनिधिलाई पोखरामा लगेर पर्यटन क्षेत्रको अभिवृद्धिका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइसकेको थियो ।

“सरकारको मात्र मुख ताकेर पर्यटक आउँदैनन् रिसोर्टका कार्यकारी निर्देशक प्रवीणबहादुर पाण्डेले भन्नुभयो” “अब काठमाडौँमा माग होइन, देशलाई नै गन्तव्यस्थलको रुपमा विकास गर्ने गरी पर्यटन विकास गर्न सकिएमा मात्र देशको सन्तुलित विकास हुनसक्छ ।”

अब सीमित पर्यटकीयस्थलको मात्र प्रचार गरेर पुग्दैन भन्नुहुँदै उहाँले भूकम्पपछि ध्वस्त र जीर्ण बजेका पर्यटकीय सम्पदाको पुनःनिर्माण र जीर्णोद्धारसँगै यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सामूहिक प्रयासको खाँचो आँैल्याउनुभयो ।

राजधानीमा होटल ‘बुकिङ’को अवस्था गत वर्षको तुलनामा यस वर्ष केही सुधार देखिए पनि सन्तोषजनक रहेको छैन । यस वर्षको उच्च सिजनमा पनि पोखरामा ५० प्रतिशतभन्दा माथि ‘बुकिङ’ नभएको होटल सङ्घ नेपाल (हान) प्रवद्र्धन कमिटीका अध्यक्ष समेत रहनुभएका पाण्डेले जानकारी दिनुभयो ।

नेपाल आउने कतिपय पर्यटक क्यासिनो खेल्नकै लागि आउने भएकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले विद्यमान ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्यासिनोबाट वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ ।

प्रकाशितः २०७३ भदौ २२

वि.सं.२०७३ भदौ २२ बुधवार १५:४० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...