काठमाडौं । त्रिबेणी विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । गत बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ।
प्रकाशितः २०७३ भदौ २३
वि.सं.२०७३ भदौ २३ बिहीवार १२:२२ मा प्रकाशित