back
NMB ad

कांग्रेस निकट दुई पर्यटन व्यवसायी संस्थाको एकीकरण

Kumari bank ad

काठमाडौँ, २३ भदौ । नेपाली काँग्रेसको राजनीतिक विचारधाराप्रति आस्था राख्ने दुई वटा पर्यटन व्यवसायी संस्थाबीच आज एकीकरण भएको छ ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ नेपाल(निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घबीच एकीकरण भई नेपाल पर्यटन व्यवसायी सङ्घ नेपाल(निट) बनेको हो ।

यहाँ आज आयोजित एकता घोषणा समारोहमा निट नेपालका अध्यक्ष दीपक महत र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रामशरण थपलियाले एकीकरणको घोषणा गरे । एकीकरणपछि निटका अध्यक्षमा महत र सहअध्यक्षमा थपलिया रहेका छन् भने अन्य पदाधिकारी र सदस्यको मनोनयन छिटै गरिने सो अवसरमा जानकारी दिइयो ।

छ महिनाभित्र विधान पारित गरी नयाँ बन्ने कार्यसमितिमा सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय हुने अध्यक्ष महतले बताए । एउटै विचारधारा राख्ने व्यवसायीबीच विभाजन हुँदा पर्यटनका विभिन्न व्यावसायिक निकायको निर्वाचनमा पराजय भोग्नुपरेको र व्यवसाय विकासमा अनेक समस्या झेल्नुपरेकाले एकीकरण गर्नुपरेको उनको भनाइ थियो ।

सहअध्यक्ष थपलियाले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्न एकताको विकल्प नभएको बताए ।

वि.सं.२०७३ भदौ २३ बिहीवार २०:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...