back
NMB ad

बिद्युत् प्राधिकरणका कार्यकारी प्रमुखले किन गरे राजीनामा ?

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी उनले राजीनामा बुझाएका हुन् । विसं २०७१ मङ्सिर १३ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका काफ्लेको कार्यकाल सकिन अझै तीन महिना बाँकी थियो । तर उनले पदबाट राजीनामा दिए ।

प्रधानमन्त्रीलाई सम्बोधन गरि बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवं पछिल्लो दिनमा देखिएको असहज अवस्थाका कारण आफूले पदबाट हट्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
सो सम्बन्धमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले काफ्लेले राजीनामा गरेको स्वीकार गरेका छन् । प्रधानमन्त्रीलाई बुझाइएको राजीनामापत्र  ऊर्जा मन्त्रालयमा आइपुगेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।  नयाँ प्रक्रियामा आधारमा प्राधिकरणको नेतृत्व चयन गर्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।

प्रबन्ध निर्देशक काफ्लेसँग उर्जा मन्त्री जनार्दन शर्माले यस अघि नै पटक–पटक राजीनामा मागेका थिए । त्यसकारण राजनीतिक दबाबकै कारण उनले राजीनामा दिएका हुन् ।

यस अघिका उर्जामन्त्री टोप बहादुर रायमाझीले पनि काफ्लेलाई हटाउन चाहेका थिए । त्यस अघि राधा ज्ञवाली र काफ्लेबीच पनि मनमुटाव भएको थियो ।

प्रकाशित मितिः २०७३ भदौ २४

वि.सं.२०७३ भदौ २४ शुक्रवार २१:४२ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...